Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

bk logo final png
  • बागलुङखबर
  • ३ जेष्ठ २०८३, आईतवार १३:३७

बागलुङ, ३ जेठ । कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख रुपियाँ आम्दानी गरेको छ ।

नेपालकै प्रसिद्ध कालिका मन्दिरमा वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, बोकाबाट १ लाख ३६ हजार ३५५, भाडाबाट ९ लाख ७१ हजार १४० तथा आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै चामलबाट ९३ हजार, पण्डितबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरमा वैशाख महिनामा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको जनाएको छ ।

खर्चतर्फ तलबमा ४ लाख ३१ हजार, पूर्वाधार निर्माणमा ६ लाख २ हजार ८००, बिजुली खर्चमा ३९ हजार ४० र खाद्यान्न तथा आवासमा ६० हजार रुपैयाँ खर्च गरिएको छ ।

समितिका अनुसार वैशाख महिनामा खर्च कटाएर ५० लाख १९ हजार ६७० रुपैयाँ बचत भएको छ । मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधिका लागि भेटी तथा सहयोग रकम प्रयोग हुँदै आएको समितिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki