Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

  • सुजन रेग्मी
  • २ जेष्ठ २०८३, शनिबार १३:४३

बागलुङ २जेठ । बागलुङको बडिगाडमा पहिलो पटक हाइडो्रजन ग्यास उत्पादन गरिएको छ । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो ।

ग्रिन हाइड्रोजन ग्याँस उत्पादन प्रक्रिया सफल भएपछि उत्पादित ग्यास सिलिन्डरमा भर्न थालिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

परियोजना सफल भएसँगै वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन सुरु गरिएको हो ।

नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणकालागि महिला सञ्जाल नेपाल, एस एन्ड एओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विट्जरल्यान्डको साझेदारी तथा वैकल्‌िपक ऊर्जा प्रवद्र्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाको साझेदारीमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकको सहयोगबाट खाना पकाउन प्रयोग हुने हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।

उत्पादित हाइड्रोजन ग्यासबाट चुलो बालेर गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले परियोजनाको उद्घाटन गर्नुभएको थियो ।

उहाँले दाउरा बालेका आगोले बातावरणीय बायुमण्डलमा असर परेको बताउनुभयो । उहाँले हाईड्रोजन ग्यासबाट स्वास्थ्य लगाएत बायुमण्डलमा असर नपर्ने भन्दै फाइदा हुने बताउनुभयो। उहाँले खानी उत्खनन नहुँदा बाहिरबाट आउने ग्यासमा धेरै मूल्य हाल्नु परेको बताउनुभयो ।

उहाँले ग्यास भन्दा यो अति प्रज्वननसिल हुने भन्दै सुरक्षा सम्वेदनसिलता अपनाउन आग्रह गर्नुभयो अहिलकोे समय विकासको समय हो त्यसैललृ प्रविधिसङ्गै अनुसन्धान गर्न पनि उहाँले सुझाव दिनुभयो ।उहाँले बिकासलाई प्रविधीसङ्ग जोडेमा छिटै नै देश बिकासमा सहयोग पुग्ने बताउनुभयो ।

 

नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादित ग्यास सुरक्षित रूपमा सिलिन्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उनले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने जानकारी दिनुभयो ।

गिरिङ्दीखोला लघु जलविद्युत सहकारीको ७५ किलोवाट क्षमताको आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म आइपुग्दा अध्ययनबाहेक करिब एक करोड रुपैयाँ खर्च भइसकेको घिमिरेले बताउनुभयो ।

गिरिङ्दीखोला लघु जलविद्युत सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युतलाई उपयोग गरी उपभोक्ताका लागि खाना पकाउने इन्धन उत्पादन गरिएको बताउँदै अब नागरिकको पहुँचभित्र पर्ने सुरक्षित सिलिण्डर विकास र विस्तारका विषयमा अध्ययन गरिने जानकारी दिनुभयो ।

स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै खाना छिटो पाक्ले अनुभव सुनाउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki