Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

bk logo final png
  • बागलुङखबर
  • ३१ बैशाख २०८३, बिहीबार १२:१७

बागलुङ, ३१ वैशाख । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले गत आर्थिक वर्षमा १० करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
संघको २६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष दीपक गौतमले त्यमध्ये दुग्ध उत्पादक किसानलाई रूआठ करोड ८४ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको जानकारी दिनुभयो ।

गौतमले सहकारीले १५ वटा सहकारीमार्फत करिब एक हजार ५ सय किसानको घरबाट दैनिक ३ हजार ५ सय लिटर दूध सङ्कलन गरी बिक्री–वितरण गर्दै आएको बताउनुभयो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका दूध उत्पादक किसानको समूहबाट २०५८ सालमा स्थापना गरिएको सहकारीले विभिन्न चुनौतीसँग जुध्दै बागलुङमा दूध तथा दुग्धजन्य वस्तुको उत्पादन र बिक्री गर्दै आएको उहाँको भनाइ थियो । उहाँले गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको प्रोत्साहनका लागि पशु बीमा, प्रशोधन सुरक्षा लगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष गौतमले सहकारीलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्यसहित आधुनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको पनि बताउनुभयो । उहाँले बढ्दो महँगीको तुलनामा दूधको मूल्य वृद्धि गर्न नसकिएको उल्लेख गर्दै मूल्य समायोजनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

खुला बजारका कारण बाहिरबाट दूध तथा दुग्धजन्य वस्तु बागलुङ भित्रिए पनि दूध उत्पादनमा बागलुङ आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।सहकारीले पछिल्लो समय मोही उत्पादन तथा बिक्रीसमेत सुरु गरेको छ ।

हाल सहकारीले दूध, दही, घ्यू, छुर्पी, पनिर, खुवा, मोही तथा नौनी उत्पादन एवं बिक्री–वितरण गर्दै आएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष दीपक गौतमको अध्यक्षता, संघका उपाध्यक्ष रामबहादुर हमालले स्वागत मन्तव्य तथा संघका सचिव गोविन्दप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki