Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरि प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न सुरु

bk logo final png
  • बागलुङखबर
  • २७ बैशाख २०८३, आईतवार १४:१९

बागलुङ, २७ वैशाख । धौलागिरि प्रादेशिक अस्पतालले मृगौला तथा पिसाब, नशा र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न सुरु गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार उक्त रोगको विशेषज्ञ सेवा दिन थालिएको हो ।

अस्पतालमा आउने सेवाग्राहीलाई नसर्ने रोगको विशेषज्ञ सेवा थालेपछि विरामीको सहज उपचार हुनुका साथै समय र पैसाको समेत बचत भएको धौलागिरि प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।

सामान्यतया यस किसिमको सेवामा स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक उपचारको समेत व्यवस्था रहेको अस्पतालले जनाएको छ ।

गत महिनादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रमुख कन्सल्टेन्ट मिर्गौला रोग विशेषज्ञ डा. विकास खत्रीले अस्पतालमा सेवा प्रदान गर्न थालेका हुन् ।

साथै जिएमसि अस्पतालका न्यूरोसर्जन डा. याम रोका र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. सुन्दर रानाभाटले सेवा प्रारम्भ गर्नु भएको छ ।

डा. रानाभाटले महिनाको दोस्रो र अन्तिम शनिबार गरि महिनाको दुई पटक सेवा दिनु भएको छ ।

सेवा सुरु भएपछि ३१ जना मृगौला रोगका विरामी, ४० जना नशा रोगका विरामी र ५२ जना मानसिक रोगका विरामीले स्वास्थ्य सेवा लिएका थिए ।

दक्ष चिकित्सकको व्यवस्थापन नभएसम्म प्रतिष्ठानका र जिएमसि अस्पतालका चिकित्सक ल्याएर सेवा प्रवाह गर्न थालिएको र अस्पतालको लागि चाहिने आवश्यक दरबन्दी ल्याएर नियमित सेवा संचालन गर्ने लक्ष्य राखिएको धौलागिरि अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki