Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

bk logo final png
  • बागलुङखबर
  • २० बैशाख २०८३, आईतवार १३:५८

बागलुङ, २० बैसाख । पर्वतको कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ आयोजना गरिएको छ ।धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले पर्वत जिल्लाको जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा महायज्ञ सञ्चालन गरिएको हो ।

पण्डित सुदर्शन बरालले कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका गत वर्ष वैशाख २४ गतेदेखि सुरु भएको महायज्ञलाई यस वर्ष वैशाख १५ देखि ३० गतेसम्म १५ दिने वृहत समापन रुपमा सम्पन्न गरिने बताउनुभयो । समुद्री सतहदेखि ३,३०८ मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ ।

धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको जनविश्वास रहेको छ । “जहाँसुकै श्रद्धा गरे पनि कालाञ्जरको नाम उच्चारण गर्दा मात्र सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ,” बरालले भन्नुभयो, “विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले स्थानीय तहमा यसको पहिचान विस्तार आवश्यक छ ।”

महायज्ञ अन्तर्गत अष्टोत्तरशत (१०८) श्रीमद्भागवत पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महायज्ञ सुरु भएदेखि तीन जना पण्डित तथा तपस्वीले निरन्तर हवन र पाठपारायण गरिरहेका छन् भने समापन अवधिमा श्रद्धालु भक्तजनको सहभागितामा कार्यक्रमलाई थप व्यापक बनाइने आयोजकले जनाएको छ ।हायज्ञमार्फत सामाजिक तथा आध्यात्मिक चेतना

अभिवृद्धि, धार्मिक पर्यटन प्रवद्र्धन र साधना केन्द्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञमा कथा वाचन, १०८ श्रीमद्भागवत पाठपारायण, भजन–कीर्तन, यज्ञ–हवन, रुद्राभिषेक, पूजा–अर्चना लगायतका कार्यक्रम समावेश छन् । साथै, श्रद्धालुहरूले एक हजार १५५ रुपैयाँदेखि ५१ हजार ५५५ रुपैयाँसम्मको सहयोगमा पाठपारायण गराउन सक्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनभन्दा बढी धार्मिक महत्व प्रवद्र्धनमा केन्द्रित छ । मुक्तिनाथ बाबा कमलनयनाचार्यको संकल्पमा आयोजना गरिएको महायज्ञमा प्रमुख वाचकका रूपमा उहाँकै अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनुहुनेछ । यसअघि पनि कमलनयनाचार्यकै संकल्पमा बागलुङको पञ्चकोटमा ठूला धार्मिक संरचना निर्माण भई धार्मिक पर्यटन आकर्षित भइरहेको छ ।

हाल कालाञ्जर क्षेत्रसम्म सडक सञ्जाल पुगिसकेको छ भने अतिथिगृह निर्माण कार्यसमेत अघि बढिरहेको छ । यसले भविष्यमा कालाञ्जरलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki