Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

bk logo final png
  • बागलुङखबर
  • ११ बैशाख २०८३, शुक्रबार १६:५६

सुवास आचार्य

बागलुङ, बैशाख ११ ।  बागलुङस्थित नेपाली सेनाको कालीजंग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिम सम्पन्न भएको छ ।शुक्रबार घोडाबाधे व्यारेकमा सैन्य आधारभूत तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ९७ जना सैन्यहरू दीक्षित भएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिव बहादुर अधिकारीले बताउनु भयो । गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरूद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नुका साथै तालिमका उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुने बताउनु भाये । दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्य निष्ठ सैनिक सेनाको मेरुदण्ड भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि उपरथी थापाले तालिम प्राप्त गरी सेना प्रवेश गरेका सैन्य जवानहरूलाई सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्न निर्देशन दिनु भयो ।

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । सो अवसरमा सैन्य आधार तालिममा सहभागी सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी थापाले पुरस्कार वितरण गर्नु भयो ।

उक्त तालिममा सर्वोकृष्ट हुने सैन्य सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बु, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, ५ किलोमिटर दौडमा दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईलाई कार्यक्रमका प्रमुख अतिथि उपरथी थापाले पुरस्कार वितरण गर्नु भयो ।

तालिम समापन समारोहमा श्री नं.२३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, नवनियुक्त सिपाहीका परिवारजन र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki