Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

bk logo final png
  • बागलुङखबर
  • ४ बैशाख २०८३, शुक्रबार १५:५५

बागलुङ, ४  वैशाख । बागलुङमा एकीकृत सेवा कार्यालय, बागलुङले एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान गरेको छ ।

युवालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले ब्यूटिसियनतर्फ २९ र कुकतर्फ २० जनालाई तालिम प्रदान गरिएको एकीकृत सेवा कार्यालय, बागलुङ कार्यालय प्रमुख शिव शर्माले जानकारी दिए ।

बिहीबार आयोजित तालिमको समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालगायतले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा प्रशिक्षार्थी कमला बोहोरा, कमला मल्ल र प्रशिक्षक चन्द्रकला छन्त्यालले आफ्नो अनुभव सुनाएकी थिइन् । उनीहरुले उद्यम सञ्चालन गरी आयआर्जनसँग जोडिन थप तालिमको आवश्यकता रहेको औँल्याएका थिए ।

सहभागीले सीपमूलक तालिम प्रदान गरेकामा एकीकृत सेवा कार्यालयप्रति खुसी व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि अम्मरबहादुर थापाले तालिमले युवालाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले तालिमका सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे । होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखाला र केन्द्रीय सचिव निलेश राजभण्डारीले होटल व्यवसायमा दक्ष र सीपयुक्त जनशक्तिको सँधै खाँचो भइरहने बताए । उनीहरुले तालिमका सहभागीमध्येबाट आवश्यकता अनुसार रोजगारीमा जोड्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, सौन्दर्य व्यवसायी संघका अध्यक्ष पार्वती अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठलगातयले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यालय प्रमुख शर्माले तालिममा नेपाली परिकार पकाउने सीपसँगै सरसफाइ, प्रस्तुति र सेवासम्बन्धी आधारभूत विषयमा सिप सिकाइएको बताए । कार्यालयले चालु आर्थिक वर्षमा छुट्याएको ५ लाख रुपैयाँ बजेटअन्तर्गत विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । युवालाई उद्यमशील बनाउँदै वैदेशिक पलायन घटाउने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाइएको कार्यालयले जनाएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki