Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेसीज कप: बागलुङ सुधार केन्द्र र गहते युवा क्लब उपाधिका लागि भीड्ने

bk logo final png
  • बागलुङखबर
  • २७ चैत्र २०८२, शुक्रबार २१:१६

बागलुङ, २७ चैत्र । बागलुङमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने भएका छन् ।

आज भएको सेमीफाइनल खेल जित्दै बागलुङ सुधार केन्द्र र गहते युवा क्लबले फाइनल खेलका पक्का गरेका हुन् ।

शुक्रबारको पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरीलाई २–१ गोलले पराजित ग¥यो । खेलको १८ औं मिनेटमा पाएको फ्रि–किकलाई बागलुङ सुधार केन्द्रका बिसन गुरुङले रामो्र गोलमा परिणत गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक खेलमा दोस्रो हाफको २५ औं मिनेटमा सुधार केन्द्रका बरदान निउरेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दुई गोल खाएपछि दबाबमा परेको प्रहरीले खेलको अतिरिक्त समयमा गोल गरेपनि जितका निकाल्न सकेन । प्रहरीका दलबहादुर बुढाले ९५ औं मिनेटमा टोलीका लागि सान्त्वना गोल फर्काएका थिए ।

यस्तै दोस्रो सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेडलाई २–१ गोलले निराश बनाउँदै गहते युवा क्लबले फाइनलको यात्रा तय गरेको हो । खेलमा गुठीले शुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा उपाधि होडबाट बाहिरिन पुग्यो । खेलको २६ औं मिनेटमा गुठीका निरञ्जन खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

विपक्षी खेलाडिमाथि खराब ट्याकल गरेपछि गुठीका गोलरक्षक दिप कार्की रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि गुठी दश खेलाडिमा सिमित बन्न पुगेको थियो । दश खेलाडिमा सिमित बनेको गुठीमाथि दबाब बढाउँदै गहतेका आशिष गुरुङले ९ औं मिनेट हेडमार्फत गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । दोस्रो हाफको २४ औं मिनेटमा गहतेका विक्की चाम्लिङ राइले गोल थप्दै टोलीको जित सुश्निचित गरे ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिनुभयो । फाइनल खेल शनिबार दिउँसो हुने आयोजक जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki