Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

bk logo final png
  • बागलुङखबर
  • २६ चैत्र २०८२, बिहीबार २०:२६

बागलुङ २६ चैत्र । ‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’ भन्ने मूल नाराका साथ चालु आर्थिक वर्षमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले विभिन्न कार्यक्रम गर्ने भएको छ ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ १७ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रम गर्ने भएको हो ।

सहकारीले समुदायमा सिवाईसी सहकारी कार्यक्रमअन्तर्गत थ्रि जिरो क्लबको प्रभावकारिता बढाउन पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, बालबालिकासंग अभिभावक, मानवीय कार्यमा सहयोग र विपद व्यवस्थापन कार्यदल परिचालन गर्ने, ८० प्रतिशत घरधुरी सिवाईसीको सदस्य बनेका वडाहरुलाई पूर्ण सदस्य वडा घोषणा गर्ने, आफ्ना सदस्यको उपचार तथा व्यवस्थापनमा ५० हजार सहुलियपूर्ण ऋणको व्यवस्था गर्ने संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिनुभयो ।

वित्तीय तथा प्रविधि साक्षरता प्रदानका लागि घरदैलो अभियान सञ्चालन गर्ने, जेष्ठ नागरिकसंग अन्तरक्रिया गर्दै अनुभव आदानप्रदान र सम्मान गर्ने, १ सय जना युवालाई भविष्य परामर्श सेवा प्रदान गर्ने, २५ जना युवाहरुलाई कामको संस्कार र संस्कृति सिकाईका लागि अन द जब तालिम सञ्चालन गर्ने, सशक्त सोच अभियानमार्फत १० वटा कार्यटोली गठन गरिने सिवाईसीले जनाएको छ ।

युवाहरुलाई बचतमा आकर्षण गर्न ०.५ प्रतिशत व्याज बढि दिई बचतदेखि स्टार्टअपसम्म सहकारी जनादेशमा स्टार्टअपहरूमा बचत गर्ने फारम अनुरुप युवालाई प्रोत्साहन गरिने, ऋणको साँवा तथा व्याज बुझाउने सदस्यलाई बुझाएको व्याजको ३ प्रतिशत हुन आउने रकम प्रोत्साहन स्वरुप फिर्ता गरिने र साधारण सदस्यका लागि पूर्ण नेतृत्व विकास तालिम सञ्चालन गरिने अध्यक्ष शर्माले बताउनुभयो ।

शर्माका अनुसार, महिला सशक्तिकरण र बाल भेला कार्यक्रम अन्तर्गत मलिला विकास उपसमिति गठन र परिचालन गरिने प्रभाव अध्ययन गरिने, नयाँ बुहारी सद्यसय बन्न आएमा सदस्यता प्रवेश शुल्क छुट गरने, क्षेत्रिय कार्यालयअन्तर्गत २ वटा बाल भेला गर्ने कार्यक्रम सिवाईसीले कार्यक्रम तय गरेको छ ।

३१ सहकारीलाई एकीकृत गरेको सिवाईसी अहिले अध्ययन संस्थाको रुपमा समेत विकास भएको छ । संस्थाको अवलोकन गर्न हरेक दिन देशका विभिन्न ठाउँका सहकारीहरु आउने गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । संस्थामा वर्षेनि झण्डै ३५ हजारको संख्यामा सहकारीकर्मी अध्ययनको लागि आउने गरेको छन् । बैंकको भन्दा कम व्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारीले छोटो समयमा गरेको प्रगति, सदस्यलाई धनी बनाउने उदेश्य र रचनात्मक गतिविधिकै कारण सहकारी अन्य सहकारका लागि अध्ययन स्थल बनेको अध्यक्ष शर्माको भनाई छ ।

सो अवसरमा सहकारीका ऋणी कृष्णबहादर सार्कीको मृत्यु भएपछि उनकी धर्मपत्नी उमा कार्कीलाई बिमावापतको ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

२ हजार ७ सय ६४ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ३९ करोड ९१ लाख २७ हजार ९ सय रुपैया रहेको छ । १ अर्ब ३७ करोड ६६ हजार ३ सय ४२ रुपैयाँ ऋण लगानी गरेको सहकारीको बचत रकम १ अर्ब ६८ करोड ११ लाख १२ हजार ३ सय ६७, संस्थागत पूँजि २० करोड ५७ लाख २२ हजार ४७, तरलता रकम ६५ करोड ३२ लाख ७२ हजार ४ सय ८०, वित्तीय लगानी ११ करोड ६९ लाख ८६ हजार रहेको छ । २ अर्ब ५२ करोड ८६ लाख ६५ हजार १ सय २५ रुपैयाँ कुल सम्पत्ति रहेको सहकारीमा १ करोड ९५ लाख ५७ हजार २ सय ९६ रुपैयाँको विभिन्न कोष रहेका छन् । २५ वटा सदस्य सेवाकेन्द्र रहेको रहेको सहकारीले ८८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki