Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा चौंथो जेसिज कप सुरु

  • सुजन रेग्मी
  • २३ चैत्र २०८२, सोमबार २१:३८

बागलुङ, २३ चैत्र । बागलुङमा चौंथो संस्करणको जेसिज कप सुरु भएको छ ।

बागलुङ जेसिजको आयोजनामा भएको चौंथो सस्करणको जेसिज कप सुरु भएको हो । कपको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गरेका थिए । उद्घाटन पछि बोल्दौ थापाले खेल क्षेत्रमा बागलुङ जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

बागलुङ जेसिजले सोमबार बाट सुरु गरेको चौंथो संस्करणको जेसिज कपको उद्घाटन गर्दे उनले जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि पनि समाजमा महत्वपुर्ण योगदान पुर्याको बताएका हुन् ।

युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नयाँ खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘जेसीज कप फुटबल’ प्रतियोगिता आयोजना गरेको बागलुङ जेसिजका अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् ।

जेसिज कपमा १४ टिम सहभागि भएको खेल संयोजक सुभम् राजभण्डारीले बताएका छन् ।

सोमबार देखि सुरु भएको जेसिज कप शनिबार सम्म संचालन हुनेछ । कपमा प्रथम हुनेले रु.२ लाख र द्धित्तिय हुनेले रु.१ लाख नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ । जेसिज वर्ष २०२६ का अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचालन खेल संयोजक शुभम राजभण्डारीले गरेको थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki