Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

bk logo final png
  • बागलुङखबर
  • १२ आश्विन २०८२, आईतवार ०८:४०

काठमाण्डौं, १२ असोज । विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ।

दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई क्रिकेट खेलिसकेको फुल टेस्ट टोलीलाई नेपाली टोलीले इतिहासमा पहिलोपटक हराएको हो ।

पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो। नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिदाँ नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान एक विकेट आफ्नो पौल्टामा पारे ।

वेस्ट इन्डिजका लागि नभिन विदाइसीले बनाएको २२ रन नै सर्वाधिक रह्यो। अन्य व्याट्सम्यान नेपालको कसिलो बलिङसामु आफ्नो उत्कृष्ट प्रस्तुति देखाउन सकेनन् ।

टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका र १ छक्का सहयोगमा ३८ रन बनाउँदा नविन विडाइसेको बलमा क्याच आउट हुन पुगे।

२१ बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ३० रन बनाउँदा लामो सट खेल्ने धुनमा क्याच आउट नै हुन पुगे। नेपाली टोली एक समय ३।१ ओभरमा २–१२ को स्थितीमा हुँदा कुशल र रोहितले नेपालको पारी सम्हालेका थिए।

१६ बलमा २ छक्का सहयोगमा २२ रन बनाएका गुल्सन झा पनि क्याच आउट नै भए। ओपनर कुशल भुर्तेल ६ र आशिफ शेख ३ रनमा पेभेलियन फर्के।

दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ९ र करण केसी शून्य रनमा आउट भए।

नेपाली टोलीले १९औँ ओभरमा लगातार तीन विकेट गुमाउन पुग्यो। टोलीले १९औँ ओभरको तेस्रो बलमा दिपेन्द्रलाई, पाचौँ बलमा सन्दीप र अन्तिम बलमा करणलाई गुमाउन पुग्यो। सोमपाल कामी ६ नन्दन यादव ७ रनमा अविजित रहे।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए। नविनले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २९ रन दिए। अकिल होसेनले एक विकेट आफ्नो नाममा गरे।

सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki