Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

​आज नवरात्रको छैटौं दिन, कात्यायनी स्वरूप नवदुर्गा भवानीको पूजा आराधना

bk logo final png
  • बागलुङखबर
  • १२ आश्विन २०८२, आईतवार ०८:२३

ज्यो. प. नारायणप्रसाद दुलाल

​नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा कात्यायनीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि हुनुहुन्थ्यो, वहाँको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न हुनुभयो । वहाँले देवी दुर्गालाई पुत्रीको रूपमा प्राप्त गर्न धेरै वर्षसम्म कठिन तपस्या गर्नुभयो र ऋषि कात्यायनको इच्छानुसार नै दुर्गमासुर संहारिका माता दुर्गाले ऋषिको घरमा पुत्रीको रूपमा जन्म लिनुभयो र कात्यायनी नामले प्रसिद्ध हुनुभयो । मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित छ र चार भुजाले युक्त हुनुहुन्छ, आफ्नो दाहिने हातले दुर्गाभवानी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा पद्, पुष्प तथा तरवार धारण गरेकी हुनुहुन्छ । कात्यायनी देवीको सिंह वाहन हो र देवी कात्यायनी सिंहमा आरूढ हुनुहुन्छ ।​

​महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्नथालो । ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरे की उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गर्नुभयो । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गर्नुभएको थियो, परिणामस्वरूप वहाँको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो । आश्विन कृष्ण चतुर्दशीको दिन वहाँको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत पूजा आराधना गर्नुभयो र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गर्नुभयो ।

​कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले Nuclear अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki