Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गौतम चम्किदा चिल्ड्रेन लाइफ प्रथम केआइसी च्याम्पियन

bk logo final png
  • बागलुङखबर
  • ५ श्रावण २०८२, आईतवार १४:५८
प्रथम केआइइसी कप अन्तर विद्यालय स्तरीय (एसएलसी) फुटसल प्रतियोगिताकोे उपाधि विजेता चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल

बागलुङ, ४ साउन । गौतम चम्किदा बागलुङमा सम्पन्न भएको प्रथम केआइइसी कप अन्तर विद्यालय स्तरीय (एसएलसी) फुटसल प्रतियोगिताकोे उपाधि चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल ‘बी’ ले जितेको छ ।

शनिबार प्रतियोगिताको फाइनल खेलमा चिल्ड्रेन लाइफले आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ११–४ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो हाफमा ३–३ गोलको बराबरीमा चित्त बुझाएको चिल्ड्रेन लाइफले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकाल्यो । चिल्ड्रेनलाई उपाधि दिलाउन फाइनल खेलमा सौरव गौतमले ८ गोल गरेका थिए ।

बिजेता चिल्ड्रेन लाइफले नगद नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता आदर्श विद्यामन्दिरले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी आदर्श विद्यामन्दिरका सुझाव बानियाँ, उत्कृष्ट किपरमा चिल्ड्रेन लाइफका लोकमान थापा र सर्वाधिक गोलकर्तामा चिल्ड्रेनका सौरव गौतम भएका थिए ।

प्रतियोगितामा बागलुङसहित कास्की र म्याग्दी जिल्लाका १६ विद्यालयले सहभागिता जनाएको केआईसी बागलुङ शाखाका सन्तोष पौडेलले बताउनुभयो ।

यस्तै फाइनल खेल अगाडी भएको नेपाल पत्रकार महासंघ बागलुङ र केआइइसीका बिचको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ बिजयी भएको थियो । महासंघले १५ गोल गरेको थियो भने आयोजना केआइइसीको तर्फबाट ९ गोल भएको थियो ।

केआइइसी बागलुङ शाखाले माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थी अर्थात कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki