Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ असार २०८२, आईतवार २०:४१
बागलुङ, १५ असार । बागलुङमा धान दिवसको अवसरमा उत्कृष्ट पाँच जना कृषक पुरस्कृत भएका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङले २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा आईतबार जिल्लाका उत्कृष्ट पाँच कृषकलाई पुरस्कृत गरेको हो ।

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ को शिवम कृषि तथा फलफूल फर्मका सञ्चालक चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ को सापकोटा गाईभैसी पालन फर्मका सञ्चालक नन्दलाल जैसी, बागलुङ नगरपालिका–७ को ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक ओमराज शर्मा, बागलुङ नगरपालिका–४ को कालिगण्डकी पिशुपालन तथा कृषि फर्मका सञ्चालक तिलोचन सापकोटा र ढोरपाटन नगरपालिका–७ को स्वरोजगार बहुउद्देश्यीय कृषि पशु फर्मका सञ्चालक हिमाल कुमार पुनलाई सम्मान गरेको हो । उनीहरुलाई नगद १० हजार रुपियाँसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

कृषि मार्फत उत्कृष्ट कारोबार गर्ने कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको ज्ञान केन्द्रका प्रमुख सिलवालले बताउनुभयो ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले कृषकको अनुभवले गर्दा उत्पादनमा वृद्धि हुने र लाभ लिन सकिने बताउनुभयो । उहाँहरुले कृषकले उत्पादन गरेका सामाग्रीलाई प्याकेजिङ्ग र ब्राण्डिङ्ग गर्दा बजारमा मुल्य पाउन सहज हुने बताउँदै कृषिजन्य उत्पादनलाई ब्राण्डिङ्ग गरिनुपर्ने बताउनुभयो ।

प्रमुख थापाले राष्ट्रको विकासको लागि धान दिवस मनाइदै आएको बताउनुभयो । उहाँले किसानको हातमा दाजु रहेको बताउँदै नेपाल कृषि प्रदान देश रहेकोले कृषि मार्फत आर्थिक विकास सम्भव रहेको बताउनुभयो ।

पुरस्कृत कृषक नन्दलाल सापकोटा, चन्द्रलाल पाण्ड्, ओमराज शर्मा, तिलोचन सापकोटा र हिमाल कुमार पुनले नेपालमै आम्दानी गर्न सकिने बताउँदै कृषिमा लाग्न नयाँ पिढिलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले सम्मानले हौसला र खुशी महशुष भएको बताउनुभयो । उहाँहरुले कृषकको लागि प्राविधिक सामाग्री आवश्यक रहेकोले राज्य तहबाट प्राविधिक सहयोग गरिदिन माग गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki