Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हुम्ला सदरमुकाममा बाटाे पुग्ने भए पछि प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

bk logo final png
  • BAGLUNGKHABAR
  • १३ असार २०८२, शुक्रबार १७:२५

काठमाडौं, १३ असार । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमिकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत  हुम्ला सदरमुकाममा मोटर बाटो पुग्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

उनले सिमिकोटमा सडक पुर्‍याउनु नेपालको भूगोललाई एकताबद्ध गर्ने दशकौँ पुरानो सपना पूरा भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर हेर्नुपर्ने धारणा राखेका हुन । उनले फेसबुकमा उल्लेख गरे, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ, हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ, यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

ओलीको उक्त भनाइ प्रति नेकपा एमालेका नेता दल रावलले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन । उनले लेखेका छन, ‘लामो समयपछि कर्णाली कोरिडोरले हुम्ला छोए पनि जोड्न सकेको थिएन, खार्पुस्थित दोजामखोलामा मोटरेबल पुल नहुँदा राष्ट्रिय सडक सञ्जालले हुम्लालाई औपचारिक रूपमा जोड्न सकेको थिएन, उक्त स्थानमा वेलिब्रिज बनेसँगै यो काम पूरा भएको छ र सिमिकोट काठमाडौँसँग सडकमार्फत जोडिएको छ, यसका लागि हुम्लावासी आभारी छौँ, सम्माननीय प्रधानमन्त्रीज्यू ।’

प्रधानमन्त्री ओलीले सत्ता सम्हाल्दाको पहिलो कार्यकालमा हिल्सा नाका हुँदै चीनसँगको वैकल्पिक व्यापारिक मार्ग खोल्ने रणनीति अघि सारेका थिए । त्यसै योजना अन्तर्गत कर्णाली कोरिडोरको प्राथमिकता बढाइएको थियो । जसमा हिल्सा–सिमकोट–नाग्मा मार्ग, रारा घुम्ने पर्यटकीय मार्ग र सुदूरपश्चिमबाट आउने फेदीखोला हुँदै डोल्पासम्मको पहुँच मार्ग पनि समावेश छन्।

विगतमा सिमकोट सडक सञ्जालबाट टाढा हुँदा जिल्लावासीको जीवन कठिन थियो। खाद्यान्न, औषधि, लत्ताकपडा, निर्माण सामग्रीदेखि लिएर अत्यावश्यक सेवा हवाई मार्गबाट ढुवानी गर्नु परेकाले दैनिक जीवन अत्यन्त महँगो थियो।

कर्णाली कोरिडोरको सिमिकोट खण्ड सडक सञ्जालमा जोडिनु पूर्वाधार विकासका हिसाबले मात्रै होइन, भूराजनीतिक र व्यापारिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ। हिल्सा नाका हुँदै सिधै तिब्बतको पुराङ नाकासम्म पहुँच बनाउने यस सडकले नेपाललाई चीनसँगको वैकल्पिक व्यापारिक मार्ग प्रदान गर्नेछ।

सडक पुगेपछि हुम्लाको कृषि, पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा ठुलो रूपान्तरणको अपेक्षा गरिएको छ। स्थानीय उत्पादनलाई बाह्य बजारमा पुर्‍याउने अवसर मिल्नेछ भने सस्तो ढुवानीमार्फत दैनिक उपभोग्य वस्तु सहजै भित्रिनेछन्।

ओलीको सो स्ट्याटसमा सयौँ प्रतिक्रिया आएका छन् । जसमा यम चौधरीले लेखेका छन,  ‘हुम्लाको सिमिकोट बजार र हुम्ला जिल्लाको भूगोललाई म राम्रो सङ्ग बुझेको छु,अति नै उत्तम मौसम, विभिन्न किसिमको जडीबुटी , अर्ग्यानिक स्याउ, अति उन्नत च्याउ, त्यहाँ को जीवनशैली , लोकल ब्रान्डहरू विश्व बजारलाई नै प्रतिनिधित्व गर्ने खालको छन्, तर दुर्भाग्य सडक सञ्जालको अभावले हरेक अवसर बात वञ्चित हुम्ला जिल्लाको लागि यो खबर सुन्दा खुसीले गदगद भएँ, हुम्ला अब टढा छैन ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki