Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका चार जना विद्याथीले एन्जल्समा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने

bk logo final png
  • बागलुङखबर
  • २३ जेष्ठ २०८२, बिहीबार ०८:५८

बागलुङ, २२ जेठ । एन्जल्स हार्ट स्कुल काठमाडौंमा बागलुङका चार जना विद्याथीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।

स्कुलले यहाँका चार जना विद्यार्थीलाई खाने बस्ने सहित पूर्ण छात्रवृत्तिमा पढ्ने वातावरण निर्माण गरिएको जनाएको छ । उक्त स्कुलले पूर्ण छात्रवृत्तिमा छनोटका लागि परीक्षा लिने र त्यसमा सर्वोत्कृष्ट अंक ल्याउन विद्यार्थीले मौका पाउने जनाएको छ । अहिलेका लागि एसईई दिएका विद्यार्थीलाई कक्षा ११ र १२ मा पढ्ने व्यवस्था गरिएको स्कुलका भाईस प्रिन्सीपल दिल बुढाथोकीले जानकारी दिए ।

‘यो स्कुलमा हामी धौलागिरि क्षेत्रबाट अध्ययनका लागि काठमाडौं गएकाहरु अधिकांश लगानीकर्ताको रुपमा रहेका छौं,’उनले भने,‘आफ्नो गाउँ ठाउँको क्षेत्रका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान चलाएका हौं । धौलागिरिको पर्वत म्याग्दीबाट दुई दुई जना र बागलुङबाट चार जना विद्यार्थीलाई यस पटक पूर्ण छात्रवृत्तिमा ११ र १२ कक्षामा अध्ययनको व्यवस्था मिलाएका छौं ।’ त्यसका लागि बागलुङ बजारमा परीक्षा गरी एक जना छात्र र एक जना छात्रा, बुर्तिबाङ तथा गलकोट क्षेत्रबाट एक जना छात्रा र एक जना छात्रा छनोट गरेर लैजानेछ ।

‘बागलुङ बजार क्षेत्रमा मात्रै केन्द्रित हुँदा पश्चिम बागलुङको ठूलो क्षेत्र छुट्ने भएपछि यस पटकबाट हामीले बागलुङलाई विशेष प्राथमिकता दिएर बजारमा परीक्षा गरेर दुई जना र बुर्तिबाङ र गलकोटमा परीक्षा गरेर दुई जना विद्यार्थी छनोट गर्छौं,’ उनले भने,‘ उनीहरुले होस्टेलमा बस्ने खाने, पठन पाठनको कुनै पनि खर्च गर्नुपर्दैन । सबै हाम्रो स्कुलले नै व्यहोर्छ ।’ बागलुङमा गोल्डेनगेट एकजुकेसन सेन्टरमा बिहीबार परीक्षा हुने भएको छ भने न्यू धौलागिरि मोर्डन एजुकेसन सेन्टरमा शुक्रबार बिहान परीक्षा हुनेछ ।

बुर्तिबाङ बजारमा जेठ २४ गते बिहान परीक्षा तोकिएको छ भने गलकोट हटियामा जेठ २५ गते परीक्षा निर्धारण गरिएको छ । म्याग्दी दरबाङमा जेठ २६ गते र कुस्मा बजारमा जेठ २३ गते बिहान १० बजेलाई परीक्षा तोकिएको छ ।

१७ वर्ष अगाडि काठमाडौंको स्थापना भएको एन्जल्स हार्ट एजुकेसन फाउडेसन मार्फत अहिले एञ्जल्स् हार्ट मा. वि., +२ कलेज, एञ्जल्स् हार्ट नेश्नल स्कुल, एञ्जल्स् किड्स मन्टेश्वरी, वेलहाम्स कलेज, तेजश्वी एकेडेमी लगायत गरी एक दर्जन बढि संघ संस्था सञ्चालनमा रहेको बुढाथोकीले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki