Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेताको आलोचना सकारात्मक र रचनात्मक हुनुपर्छ : प्रचण्ड

bk logo final png
  • बागलुङखबर
  • १० जेष्ठ २०८२, शुक्रबार २१:३५

बागलुङ, ९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेताको आलोचना सकारात्मक र रचनात्मक हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा उहाँले नेताको आलोचना गर्नुपर्ने तर समाज पुरै निरास गराउने गरेर गर्न नहुने बताउनुभयो । ‘नेताको आलोचना गर्नुपर्छ, नेताको गल्तीहरु र पार्टीको गल्तीहरुलाई भन्नुपर्छ । तर, यति धेरै भन्ने होइनकी समाज नै पुरै निरास बनोस्,’ उहाँले भन्नुभयो,‘अब नेपालमा केही पनि नहुने भयो भन्ने हदसम्म गाली गर्न थालियो भने जनता सम्पूर्ण रुपले असन्तुष्ट र निराश भएपछि राष्ट्र नै फेल हुने दिशा तिर जान्छ ।’

नेताको आलोचना सकारात्मक र रचनात्मक हुनुपर्ने उहाँको भनाई छ । ‘अहिले सवै नेता र पार्टी एउटै हुन भन्ने खोजिएको छ । त्यो खतरनाक हो,’ प्रचण्डले भन्नुभयो,‘भ्रष्टचारलाई खतम गर्नुपर्छ भनेर भ्रष्टचारीलाई कारवाही गर्ने पनि उस्तै अनि भ्रष्टचारीलाई जोगाउने र रातारात करोड र अर्बपति बन्ने पार्टी पनि एउटै हुन त ? सुसाशनको निम्ती अभियान चलाउने पार्टी र अभियान चलाए बापत दलालहरुलाई बचाउन काम गर्ने नेता र पार्टी एउटै हुन त ? यति गलत भाष्य किन बनेको छ भन्ने गम्भिर रुपले विचार गर्नुपर्ने छ ।’ अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपालमा केही हुँदैन र सवै नेता एकै हुन भन्ने भ्रम छर्न एउटा तत्व परिचालन भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले नेपालीलाई अराजकतावादी रोग लागेकोले विदेशी रहेको बताउनुभयो । उहाँले अहिले विदेश जाने फेसन बनिरहेको बताउँदै यो धेरै दिन नचल्ने बताउनुभयो । ‘हामीले हिजो क्रान्ति गरेका ठाउँमा विद्यालयमा पढाउने शिक्षक जो मासिक ७०, ८० हजार रुपैयाँ तलब खान्थे उनीहरु आफ्नै खेत जमिन छोडेर झण्डै एक करोड खर्च गरेर चोरीको बाटो अमेरिका गएका छन्,’ उहाँले भन्नुभयो,‘सवै खान नपाएर केही पनि नभएर गए भन्नु सत्य होइन । नेपालीलाई अराजकताबादी रोग लागेको छ । विदेशको अनुदानीकृरण गर्ने, यान्त्रिक ढंगले सोचने रोग लागेको छ । त्यो रोगको उपचार गर्ने तिर सवै लाग्नुपर्ने छ ।’

अहिले देशमा उद्यम गर्नुपर्छ भनेर हजारौं युवा फर्किएका छन् बताउँदै उनीहरुलाई प्रेरित गरेर अरु युवाहरुलाई पनि फर्काउनुपर्ने सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा मेहेनत गरेमा उत्पादन, उत्पादकत्व र आर्थिक समृद्धिको क्षेत्रमा क्रान्ति ल्याउन सकिने देश नेपाल रहेको प्रचण्डको भनाई छ । ‘यहाँको प्राकृतिक स्रोतका साधनहरु जमिन, जल, जडिबुटी यहाँको कृषि उपजको निम्ती तराई पहाड, हिमालमा विभिन्न जातका खेती गर्न सकिन्छ । यहाँ फलफुल, पशुपालन हरेक दृष्टिकोणले साना उद्योग स्थापना गर्ने, स्वरोजगार सिर्जना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै मेहेनतमा देश बनाउ भन्ने भावना मर्दै गएको भन्दै त्यसमा चिन्ता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विदेशमा गएर ५० डिग्री बढीको तापक्रममा जस्तोसुकै काम गर्न तयार नेपाली युवाहरुले देशमा बसेर साना उद्योग संचालन गरेर स्वरोजगार बन्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki