Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी सभामुख धितालले गरे श्रीमती र छोरी ज्वाइँलाई नियुक्त

bk logo final png
  • बागलुङखबर
  • २५ चैत्र २०८१, मंगलवार ०७:०१

पोखरा, २६ चैत । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले आफ्नो निजी सचिवालयमा श्रीमती र छोरी ज्वाइँलाई नियुक्त गरेका छन् ।

धितालले कान्छी छोरीका श्रीमान् गोरखाका प्रदीप शाहलाई स्वकीय सचिव र श्रीमती लक्ष्मीदेवी धिताललाई कार्यालय सहयोगी प्रथम तहको सेवा–सुविधा लिने गरी निजी सचिवालयमा नियुक्त गरेका हुन् । शाह काठमाडौं बस्दै आएका छन् ।

पाँचौँ तहको मासिक सुविधा ३४ हजार ७३० र प्रथम तहको २४ हजार ७०२ रुपैयाँ पाउने व्यवस्था छ । ४ मंसिर ०७९ मा सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार धिताल गोरखा १ ९१० बाट निर्वाचित भएका थिए । उनी ३० पुस ०७९ मा सभामुखमा नियुक्त भएका थिए ।

कानुनअनुसार सभामुखको निजी सचिवालयमा अधिकृत स्तरका एकजना स्वकीय सचिव र एकजना सञ्चारविज्ञ गरी दुई, पाँचौँ तहको स्वकीय सचिव एक, प्रथम तहको एक सवारीचालक र एक कार्यालय सहयोगी गरी दुईसँगै पाँचजना नियुक्त गर्न पाउने व्यवस्था छ । तर, सभामुख धितालले सचिवालयमा आवश्यक योग्यताअनुसार कर्मचारी राख्नसमेत सकेका छैनन् । जसकारण दुवै स्वकीय सचिवले पाँचौँ तहको सेवा–सुविधा प्रदेश सभाबाट लिने गरेका छन् ।

सभामुख धितालले काठमाडौंमा समेत काम परिरहने भएकाले ज्वाइँलाई सचिवालयमा नियुक्त गरिएको बताए । निवासमा भात पकाउन श्रीमतीलाई राख्दा सजिलो हुने भएकाले कार्यालय सहयोगीका रूपमा नियुक्त गरेको बताए । उनले ‘भात पकाउने मान्छे हो, आफ्नै श्रीमती राख्दा के फरक पर्छ र’ भन्दै प्रतिप्रश्न गरे । प्रदेश सभाका सचिव हरिराज पोखरेलले निजी सचिवालयमा कसलाई राख्ने–नराख्ने भन्ने सभामुखको अधिकारको विषय भएको बताए । निजी सचिवालयमा काम गर्ने कर्मचारी कसैले पनि हाजिर गर्ने चलन नरहेको उनको भनाइ छ ।
नयाँ पत्रिकामा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki