Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी सभामुख धितालले गरे श्रीमती र छोरी ज्वाइँलाई नियुक्त

bk logo final png
  • बागलुङखबर
  • २५ चैत्र २०८१, मंगलवार ०७:०१

पोखरा, २६ चैत । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले आफ्नो निजी सचिवालयमा श्रीमती र छोरी ज्वाइँलाई नियुक्त गरेका छन् ।

धितालले कान्छी छोरीका श्रीमान् गोरखाका प्रदीप शाहलाई स्वकीय सचिव र श्रीमती लक्ष्मीदेवी धिताललाई कार्यालय सहयोगी प्रथम तहको सेवा–सुविधा लिने गरी निजी सचिवालयमा नियुक्त गरेका हुन् । शाह काठमाडौं बस्दै आएका छन् ।

पाँचौँ तहको मासिक सुविधा ३४ हजार ७३० र प्रथम तहको २४ हजार ७०२ रुपैयाँ पाउने व्यवस्था छ । ४ मंसिर ०७९ मा सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार धिताल गोरखा १ ९१० बाट निर्वाचित भएका थिए । उनी ३० पुस ०७९ मा सभामुखमा नियुक्त भएका थिए ।

कानुनअनुसार सभामुखको निजी सचिवालयमा अधिकृत स्तरका एकजना स्वकीय सचिव र एकजना सञ्चारविज्ञ गरी दुई, पाँचौँ तहको स्वकीय सचिव एक, प्रथम तहको एक सवारीचालक र एक कार्यालय सहयोगी गरी दुईसँगै पाँचजना नियुक्त गर्न पाउने व्यवस्था छ । तर, सभामुख धितालले सचिवालयमा आवश्यक योग्यताअनुसार कर्मचारी राख्नसमेत सकेका छैनन् । जसकारण दुवै स्वकीय सचिवले पाँचौँ तहको सेवा–सुविधा प्रदेश सभाबाट लिने गरेका छन् ।

सभामुख धितालले काठमाडौंमा समेत काम परिरहने भएकाले ज्वाइँलाई सचिवालयमा नियुक्त गरिएको बताए । निवासमा भात पकाउन श्रीमतीलाई राख्दा सजिलो हुने भएकाले कार्यालय सहयोगीका रूपमा नियुक्त गरेको बताए । उनले ‘भात पकाउने मान्छे हो, आफ्नै श्रीमती राख्दा के फरक पर्छ र’ भन्दै प्रतिप्रश्न गरे । प्रदेश सभाका सचिव हरिराज पोखरेलले निजी सचिवालयमा कसलाई राख्ने–नराख्ने भन्ने सभामुखको अधिकारको विषय भएको बताए । निजी सचिवालयमा काम गर्ने कर्मचारी कसैले पनि हाजिर गर्ने चलन नरहेको उनको भनाइ छ ।
नयाँ पत्रिकामा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki