Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि

  • १६ चैत्र २०८१, आईतवार १९:५८

पोखरा, १७ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ। बिमा काउन्टरका कर्मचारीहरूले बिमित सेवाग्राहीबाट लिइएको रकम रातारात फिर्ता गरेको खुलासा भएपछि प्रतिष्ठानद्वारा गठित छानबिन समितिले ६ कर्मचारीलाई मुख्य दोषी ठहर गरेको छ।

शाखा अधिकृत सुशीलकुमार अर्यालको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनअनुसार, साउनयता बिमा गरेका बिरामीहरूले तिरेको १० प्रतिशत शुल्क काउन्टरका कर्मचारीहरूले बिरामीलाई फिर्ता दिएको देखाइएको तर वास्तविक रूपमा आफैंले राखेको पाइएको छ । यस कारण अस्पताललाई ६० लाख रुपैयाँ घाटा भएको छ, जसमा ६ मध्ये एक जना कर्मचारीले मात्र ५१ लाख रुपैयाँ अपचलन गरेको प्रतिवेदनले औंल्याएको छ।

छानबिन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आइटी अफिसर दिपक केसीसमेत रहेका थिए। बिमा सेवा नलिएको देखाएर रकम फिर्ता गरिएका कारण अस्पतालले ९० प्रतिशत रकम बिमा दाबी गर्न नपाउँदा अस्पतालले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।

दोषीलाई आर्थिक जिम्मेवारीबाट हटाइयो, कानुनी कारबाही अघि बढ्दै
अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले दोषी कर्मचारीहरूको नाम सार्वजनिक नगरिए पनि उनीहरूलाई आर्थिक कारोबारको जिम्मेवारीबाट हटाइएको बताए। दोषीहरू अस्पतालको सामाजिक सेवा इकाइको साझेदार संस्था आइएनएफबाट खटिएका सहजकर्ता हुन्।

प्रतिष्ठानको कार्यकारी परिषद्को चैत १५ गते बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउने निर्णय गरेको उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले जानकारी दिए।

अस्पतालका निर्देशक खत्रीका अनुसार, दोषीहरूबाट रकम फिर्ता गराउने पहल भइरहेको छ। थप कानुनी कारबाहीका लागि कास्की जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ भने प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकिएको छ।

सरकारको नीति अनुसार, अस्पतालले गत भदौदेखि बिमा कार्यक्रममा को-पेमेन्ट प्रणाली लागू गरेको थियो, जसअनुसार बिमित बिरामीहरूले सबै प्रकारका सेवामा १० प्रतिशत शुल्क तिर्नुपर्थ्यो। रकम उठाउने जिम्मा सहजकर्तालाई दिइएपछि अनियमितता सुरु भएको बताइएको छ। गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा भएको यो अनियमितता गम्भीर रहेको भन्दै कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

साभार समाधान न्युज

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki