काठमाडौँ, १८ । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।
यो जितपछि समूह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी योसँगै समूह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब समूह चरण अन्तर्गतको अन्तिम खेल आइतबार समूह ए को भारत र न्यूजील्याण्डबीच हुदै छ । यस खेलले समूह विजेता र उपविजेताको तय गर्ने छ । समूह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समूह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।