Skip to content

follow us

baglungkhabar.tv

26th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै

  • १४ फाल्गुन २०८१, बुधबार ०८:४५

काठमाडौँ, १४ फागुन । जर्मनीमा पुनः गाजा माथी प्रतिबन्ध लाग्ने भएको छ । हालै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको तथा गठबन्धन सरकारको नेतृत्व सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज देशको प्रमुख अर्थात् चान्सलर बन्ने सम्भावना बढे पछि गाजाँ माथी प्रतिबन्ध लाग्न लागेको हो ।

सन २०२३ को अप्रिलमा जर्मनीले गाँजाको प्रयोग माथीको प्रतिबन्ध हटाउँदै गाजा राख्न पाउने गरी कानुनी स्वीकृति दियो। योसँगै जर्मनी युरोपमा यस्तो गर्ने सबैभन्दा ठूलो देशसमेत बनेको थियो ।  सो घोषणा पछिको खुसीयालीमा जर्मनीको राजधानी बर्लिनको प्रख्यात ब्रान्डनबर्ग गेटमा करिब १,५०० मानिस जम्मा भएका थिए । र, प्रतिबन्ध फुकुवा भएसँगै हुक्का र पाइप खाएर उत्सव मनाएका थिए, जो विश्वभरीको समाचारको हेडलाइन बनेको थियो ।

जुन कानुनअनुसार १८ वर्षभन्दा माथिका व्यक्तिले २५ ग्राम सुक्खा गाँजा साथमा राख्ने र घरमा ५० ग्राम राख्ने पाउने गरी कानुन परिमार्जन गरेर खुकुलो बनाइएको थियो । यसका साथै घरमा तीनवटा भांगको बिरुवा लगाउन स्वीकृति पनि दिइएको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘गाँजाको उपभोगलाई प्रतिबन्धको दायराबाट बाहिर निकालिएको छ। नयाँ कानूनले मानिसहरूलाई यसको लतबाट बचाउने छ। बालबालिका र युवाको संरक्षण गर्ने र कालोबजारीविरुद्ध पनि लड्ने सजिलो हुने भएको छ।’

तर, सम्भावित भावी चान्सलार मेर्ट्जले भने गत वर्ष देखी सुरू भएको आफ्नो चुनावी अभियानमा नै  गाँजामा पुनः प्रतिबन्ध लगाउने प्रतिबद्दता जनाउँदै आएका थिए । गाँजालाई वैधानिकीकरणले लागुऔषधका अपराधमा वृद्धि भएको उनको भनाइ र तर्क रहदैँ आएको छ । ‘जर्मनीमा ‘ग्याङ फाइट’ यति बढेको छ कि हामीले कल्पना पनि गर्न सक्दैनौ,’ भन्दै उनले जसको मुख्य कारण गाँजा भएको जनाउँदै आएका छन् ।

उनी चान्सलर भए भने यसअघिको सरकारले गरेको प्रतिबन्ध फुकुवाको निर्णय दुइ बर्षमा नै उल्टिने जर्मनी मिडियाले जनाउँदै आएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

भर्खरै

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki