बागलुङ , १४ फागुन । ‘द मौलिक’ नृत्य प्रतियोगिताको उपाधी गुराँस विद्या सदनले जितेकोे छ ।
नेपाल सांस्कृतिक नृत्य समूहको आयोजनामा भएको साबिक धौलागिरी अञ्चलको माध्यामिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा गुराँस विद्या सदनले उत्कृष्ट प्रस्तुति दिएर विजयी गरेको हो ।
९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा फ्यूचर ब्राइटर बोडिङ स्कुल द्धितीय र न्यू ओयसिस एकेडेमी तृतीय भएको सचिव सुशिल काउचा मगरले जानकारी दिए । प्रतियोगितामा प्रथम भएको गुराँस बिद्या सदनले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
द्वितीय भएको फ्युचरले ३० हजार र तृतीय भएको न्यु ओयसिसले २० हजार रुपैयाँ प्राप्त गरेको समूहका अध्यक्ष रोशन राम्जाली मगरले बताए । नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्देश्यका साथ नृत्य प्रतियोगिताको गरिएको सचिव सुशिल काउचा मगरले बताए ।
कार्यक्रम वेष्ट वान ब्याङ्क्वेटमा सोमबार सम्पन्न भएको थियो ।