Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नयाँ स्वास्थ्य चुनौती (एसएडी) र आत्महत्या बढ्दो प्रवृत्ति

bk logo final png
  • बागलुङखबर
  • ३ फाल्गुन २०८१, शनिबार २२:२६

डा. सन्दिप के.सी.
मेडिकल अफिसर धौलागिरी प्रादेशिक अस्पताल बागलुङ

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा १७ महिनादेखि बालरोग, इमर्जेन्सी र मेडिकल अफिसर डा. सन्दिप केसीले यहाँका समुदायमा आत्महत्याको बढ्दो प्रवृत्तिलाई नयाँ स्वास्थ्य आपतको रूपमा चिनाएका छन् । उनको अनुभव अनुसार यस वर्षको कुनै एक महिनामा मात्र १७ जनाको आत्महत्याको पोस्टमर्टम गरिएको छ । जसमा ४ वर्षको बालकदेखि ७६ वर्षको वृद्धसम्म समावेश छन्। यसैबिच किशोर उमेरमा यो प्रवृत्ति चिन्ताजनक रूपमा बढेको बताएका छ ।

मौसमी प्रभावकारी विकार (एसएडी)
आत्महत्याको बढ्दो प्रवृत्तिमा मौसमी प्रभावकारी विकार (एसएडी) लाई महत्वपूर्ण तर उपेक्षित कारण मानिएको छ । जाडोको मौसममा घट्दो सूर्यप्रकाशले मानिसको मनोस्थितिमा गहिरो असर पार्छ । यसले मस्तिष्कमा कभचयतयलष्ल र भबितयलष्लको सन्तुलन बिगारेर निराशा बढाउँछ । जसले गर्दा विशेष गरी किशोर र युवाहरूमा आत्महत्याको विचार बढ्ने हाम्रो अध्ययनले देखाएको छ ।

किन बढ्दै छन् आत्महत्याका केसहरु :
हाल बढ्दै गरेको सोसल मिडियाको कारण, पारिवारिक द्वन्द्व र आर्थिक असमानता, अवसाद, चिन्ता र मौसमी प्रभावकारी विकार जस्ता अवस्थाको समयमै निदान नहुनु, स्वास्थ्य सेवाको अभाव आदि जस्ता कारणले समाजमा आत्महत्याका केसहरु बढ्दै गएको पाइन्छ । हाम्रै अस्पतालमा पनि विगत ६।७ महिनादेखि नै मनोवैज्ञानिक चिकित्सक हुनुहुँन्न । डा. मानकाजीको सरुवा भएपछि पद खालिनै रहेको छ ।

यस्ता केसहरूबाट के सिक्यौं ?
मेरोे १७ महिने अनुभवका आधारमा आत्महत्याको पोस्टमर्टम गर्दा सबैभन्दा दुख्दो कुरा के हो भने धेरैजनाको मृत्यु एउटा रोक्न सकिने मानसिक स्वास्थ्य समस्याबाट हुन्छ । यसलाई समुदायले गम्भीरता लिनैपर्छ ।

के गर्न सकिन्छ ?
स्कूल र स्थानीय स्तरमा मौसमी प्रभावकारी विकार र मानसिक स्वास्थ्य विषयक कार्यशाला, आत्महत्याको इङ्गित जस्तै आत्मघाती बचन, सामाजिक एकान्तता पहिचान गर्ने, प्रकाश चिकित्सा, मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी ग्रामीण क्षेत्रमा परामर्श केन्द्र थप्ने, आत्मघाती साधन (कीटनाशक, डोजी दवाई) बिक्रीमा नियन्त्रण गर्ने, स्कूलमा नियमित मानसिक स्वास्थ्य जाँच र काउन्सेलिंग सेवा जस्ताा कार्य गर्न सकेमा आत्महत्याको दर घटायन सकिन्छ ।

डा. केसीको अपिल : आत्महत्या कहिल्यै समाधान होइन । यो समाजको सामूहिक जिम्मेवारी हो की हामी एकअर्कालाई सुनेर, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर यसलाई रोकौ। जाडोको मौसममा विशेष गरी किशोर र वृद्धहरूप्रति सचेत रहनुहोस ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki