याम बहादुर थापा मगर
बागलुङ १०, भकुण्डे, धौलेचउर, बागलुङ
बागलुङ खबर, तीन वर्ष पारि,
नयाँ सूर्य झुल्के जसरी चौथो वर्षमा जारी।
शब्दको उज्यालो फैलियो फेरि,
सफलताको झिल्को मनभरि।
न्यू मिडियाको छायाँमा हुर्किएर,
अनलाइनको भेलसँगै बगेर,
तर कपि पेष्टको दलदलबाट टाढा,
सत्य खोज्दै उभियो अग्ला पानाहरु।
एक पत्रकार, एक अनलाइनको लहर,
तर स्थिरता खोज्छ जनताको नजर।
नियमित अपडेट, खोजमूलक कथा,
कसरी बनाउने सत्यको व्यथा ?
ब्रेकिङ न्युजका द्रुत गतिका पाइला,
विश्वास जित्न सत्यको सिढी खोतलेर।
न त बासी, न त रित्तो कुरा,
जनताको आवाज सधैं सँगै घुम्ने गर ।
बागलुङको माटो, बागलुङको स्वाभिमान,
कसरी बनाउने लोकप्रिय अभियान ?
संघर्षका धुलोमा भिजेका पाइला,
तर हिम्मत कहिल्यै नहोस् खलल।
दीर्घकालीन योजना, दूरदृष्टिको ज्ञान,
पाठकको मनमा बस्ने अभियान।
खोज, तथ्य, सत्यको उज्यालो,
बागलुङ खबर, सधैं उज्ज्वल रहोस् भालो !
तेस्रो वसन्तको शुभकामना !!