Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अपराजित रहदै कर्णाली च्याम्पियन

bk logo final png
  • बागलुङखबर
  • २० आश्विन २०८१, आईतवार ०८:४१

काठमाण्डौं, २० असोज । फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा ललितपुर क्विन्सलाई कर्णालीले ३।२ ले हराउँदै उपाधि जितेको हो।

कर्णालीले पहिलो सेट सहजै २५।१७ ले आफ्नो पोल्टामा पार्यो ।

दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९।१५ ले पछि परेको ललितपुरले खेललाई १८।२० सम्म पुर्यायो। तर यो सेट पनि २५।२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २।० को स्पष्ट अग्रता बनायो।

२।० ले पछि परेको ललितपुरले २५।१२ ले तेस्रो सेट जित्दै खेललाई २।१ को स्थितिमा पुर्यायो।

चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५।१८ ले जित्यो। योसँगै खेल २।२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो।

पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। प्रतिस्पर्धात्मक खेलमा १५।१३ ले जित्दै कर्णालीले उपाधि जित्न सफल भएको थियो ।

टिम कर्णाली अपराजित रहँदै फाइनलमा पुगेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki