Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भङगेरथान देवताको दर्शन गरौँ तीज मेलामा रमाउँ

bk logo final png
  • बागलुङखबर
  • ३२ श्रावण २०८१, शुक्रबार ०८:०६

पर्वत ३२ साउन । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा तीज मेला लाग्ने भएको छ । भङगेरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सहआयोजनामा हुन लागेको हो ।

नाग्लिवाङ जाऊँ भङगेरथान देवताको दर्शन गरौँ हिन्दूहरूको महान चाँड हरितालिका तीज मेलामा रमाउँ भन्ने मूल नाराका साथ २०८१ तीज मेला आयोजना हुन लागेको हो । भङगेरथान मन्दिरको सत्तल निर्माणका लागि तीज मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता , खुल्ला पुरुष फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, ठेलो, म्युजिकल चेयर, तीज गीत प्रतियोगिता , सांस्कृतिक झल्किने कार्यक्रमहरू साथै अन्य विविध कार्यक्रम हुने मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले बताए ।

वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ४० हजार, दित्तीय पुरस्कार २५ हजार रहेको छ । त्यस्तै खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार तथा द्वितीय पुरस्कार रु. ३०,००० रहेको छ ।

त्यसै गरी खुल्ला मा.वि स्तरीय स्तरीय हाजिर जवाफ प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, दित्तीय पुरस्कार रु. १२ हजार र साथमा मेडल र प्रमाणपत्र पनि रहने छ । मेलामा भाले छुने प्रतियोगितामा दुई हजारको भाले पुरस्कार रहने छ भने छेलो प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिताको ३।३ हजार तीज गीत प्रतियोगिताको ५००० पुरस्कार रहेको छ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिका साथै सांस्कृतिक झल्किने विविध कार्यक्रमहरु पनि संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम जलजला गाउँपालिका वडा नम्बर ८ मा रहेको दहचौर खेलमैदानमा रहने रेग्मीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki