पर्वत ३२ साउन । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा तीज मेला लाग्ने भएको छ । भङगेरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सहआयोजनामा हुन लागेको हो ।
नाग्लिवाङ जाऊँ भङगेरथान देवताको दर्शन गरौँ हिन्दूहरूको महान चाँड हरितालिका तीज मेलामा रमाउँ भन्ने मूल नाराका साथ २०८१ तीज मेला आयोजना हुन लागेको हो । भङगेरथान मन्दिरको सत्तल निर्माणका लागि तीज मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता , खुल्ला पुरुष फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, ठेलो, म्युजिकल चेयर, तीज गीत प्रतियोगिता , सांस्कृतिक झल्किने कार्यक्रमहरू साथै अन्य विविध कार्यक्रम हुने मेला व्यवस्थापन समितिका सचिव कमल रेग्मीले बताए ।
वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ४० हजार, दित्तीय पुरस्कार २५ हजार रहेको छ । त्यस्तै खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार तथा द्वितीय पुरस्कार रु. ३०,००० रहेको छ ।
त्यसै गरी खुल्ला मा.वि स्तरीय स्तरीय हाजिर जवाफ प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, दित्तीय पुरस्कार रु. १२ हजार र साथमा मेडल र प्रमाणपत्र पनि रहने छ । मेलामा भाले छुने प्रतियोगितामा दुई हजारको भाले पुरस्कार रहने छ भने छेलो प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिताको ३।३ हजार तीज गीत प्रतियोगिताको ५००० पुरस्कार रहेको छ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिका साथै सांस्कृतिक झल्किने विविध कार्यक्रमहरु पनि संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रम जलजला गाउँपालिका वडा नम्बर ८ मा रहेको दहचौर खेलमैदानमा रहने रेग्मीले बताए ।