Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

bk logo final png
  • बागलुङखबर
  • २९ जेष्ठ २०८१, मंगलवार ०६:२४
world-cup

काठमाडौं, २९ जेठ । आईसिसी टी २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले पराजित भएको हो।

सोमबार न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए। ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उसका लागि डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए भने ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट हात पारे।

११४ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तोहिद हृदयले सर्वाधिक ३७ रन बनाए। ३४ बलमा खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। जितका लागि अन्तिम ओभरमा छक्का प्रहार गर्दा आउट भएका मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे। कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए।

सामान्य लक्ष्य पछ्याएको बंगलादेशलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन विकेट हात पारे भने कागिसो रबाडा र एनरिच नोर्टजेले दुईदुई विकेट लिए।

योसँगै विश्वकपमा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा विजयी भएको छ। समूह ‘डी’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसमाथि जित निकालेको थियो। बंगलादेश तालिकाको दोस्रो स्थनमा छ। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको बंगलादेश दोस्रो जितको खोजीमा छ।

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याड्स, नेपाल र श्रीलंका छन्। नेदरल्यान्डस्ले दुई अंक जोडेको छ भने यो समूहमा नेपाल र श्रीलंका अंकबिहीन रहेका छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki