बागलुङ, २१ जेठ । नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा रामकृष्ण शर्मा चयन भएका छन् ।
नगर कमिटिको दोश्रो नगर अधिवेशनले शर्मा नेतृत्वको ६३ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रुद्र बहादुर के सी, सचिवमा धुब्र श्रेष्ठ, उपसचिवमा अगन बहादुर खड्का (राजु) र सृजना थापा मगर चयन भएको निर्वाचन कमिटिले जनाएको छ ।
कलष्टर र भुगोलसमेत गरेर ६३ जना सदस्य सर्वसम्मत चयन भएका हुन् । नगरकमिटिका अध्यक्षमा चयन भएका शर्मा यस अघि सचिव थिए ।