Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्रिकेटर ऐरीलाई फिचर गरिएको वर्ल्डकप क्रिकेटको थिम सङ रिलिज

bk logo final png
  • BAGLUNGKHABAR
  • १७ जेष्ठ २०८१, बिहीबार १८:१९
cricket anthom song
cricket anthom song

काठमाण्डौं, १७ जेठ । ग्रेस इन्टरनेसनलका ब्रान्ड एम्बासेडर तथा चर्चित नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई फिचर गरिएको वर्ल्डकप कप क्रिकेट थिम सङ रिलिज भ्एको छ ।

नेपालले एक दशक पछि फेरि T-20 worldcup  क्रिकेट खेल्दै छ । विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा गईरहँदा नेपालका रेकर्ड मेकर चर्चित अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई फिचर गरेर प्रोमोसनल क्रिकेट एन्थम रिलिज भएको छ ।

नेपाली क्रिकेटको हिजो, आज र भोलि, सचित्र भिडियोमा हेर्न सकिन्छ । तराई पहाड हिमाल सबै ठाउँ पुगेर छायाँकन गरिएको गीतलाई संचारकर्मी आर के धितालले निर्देशन गरेका हुन् । नेपाली क्रिकेट प्रेमीहरूका लागि यो गीत जितको उत्सव हुने उनले दाबी गरेका छन् । विश्वकपको यात्रा तय गर्नका लागि खेलाडिहरूले गरेको कठिन संघर्षको ऐना समेत हो यो गीत, उनले भने ।

ग्रेस ईन्टरनेशनलको निर्माण रहेको गितमा शंकर स्माईल को संगीत, आर के धितालको शब्द रचना र देव जंग थापाको छायाँकन तथा सम्पादन रहेको छ ।

ग्रेस ईन्टरनेशनलले विगत २ दशक देखि अध्यन गर्न विदेश जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै आएको छ । यो वर्ष ग्रेसले युवाहरूको वृहत्तर विकासका लागि विभिन्न सामाजिक कार्यहरू गर्ने योजना सार्वजनिक गरेको छ । खेलकुद र विशेष गरी नेपाली क्रिकेटको विकासका लागि सहरदेखि गाउँ सम्मका विद्यार्थीहरूलाई क्रिकेट खेलको आयोजना, खेल सामग्री वितरण साथै राष्ट्रिय खेलाडिहरूसंग अन्तरक्रिया र अभ्यास म्याचको समेत आयोजना गर्ने योजना रहेको ग्रेसका संस्थापक निर्देशक एन्ड्रयु पौडेलले जानकारी दिएका छन् । यहि उद्देश्य अनुरूप दिपेन्द्र सिंह ऐरीलाई ग्रेसले सद्भावना दुतका रूपमा अनुबन्ध गरिसकेको छ ।

पूरा गीत हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki