Skip to content

follow us

baglungkhabar.tv

25th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङ जिल्ला लिग फुटबलः बाल जीवन फाइनल प्रवेश, रामरेखा रेलिगेशनमा

  • अर्जुन कार्की
  • ५ जेष्ठ २०८१, शनिबार १८:३३

बागलुङ, ५ जेठ । बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिको लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार समुह ‘ख’को अन्तिम चरणको खेलमा बाल जीवनले रामरेखा फुटबल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बाल जीवनको जितमा निश्चल महतले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका निश्चिलले खेलको ६० औं र ६३ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गरे । बाल जीवनको लागि खेलको ३२ औं मिनेटमा सोनम विक र खेलको ५८ औं मिनेटमा विपुल कार्कीले गोल गरेका थिए ।

बाल जीवनले समुह ‘ख’मा अपराजित रहँदै नौं अंकको साथ शिर्ष स्थानमा रहेर फाइनल पुगेको हो । प्रतियोगितामा कुनै अंक जोडन नसकेको रामरेखा रेलिगेशनमा परेको छ । रामरेखाले प्रतियोगितामा १२ गोल खादा २ गोल मात्र गर्न सक्यो ।

पावर फिटनेस क्लब शुक्रबार नै फाइनल पुगिसकेको छ । शुक्रबार पावर फिटनेसले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आईतबार दिउँसो हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।

यस्तै शनिबार बाङेचौर मैदानमा भएको दोस्रो खेलमा गुठी युनाईटेड क्लब र वीर गोर्खाली युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दुई टोली बीचको खेल औपचारिकता मात्रै थियो ।

जिल्ला फुटबल संघले ८ टिम सहभागि लिगलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरेको थियो । लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने कोषाध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki