Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को दोस्रो चौमासिकसम्म ५०.५३ प्रतशित आर्थिक प्रगति

bk logo final png
  • बागलुङ खबर
  • १५ बैशाख २०८१, शनिबार १९:२१

बागलुङ, १५ बैशाख । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकसम्म ३४ प्रतिशत पूँजीगत खर्च गरेको छ ।

शुक्रबार बागलुङ नगरपालिका—९ तित्याङमा बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले उक्त प्रगति सार्वजनिक गरेका हुन् । कँडेलले सार्वजनिक गरेको विवरणमा ३४.०६ प्रतिशत पूँजीगत खर्च भएको उल्लेख गरे ।

‘अहिलेसम्म पुँजीखच भएको खर्च ३४ प्रतिशत छ धेरै योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा छन्,’ उनले भने–‘यो पूँजीगत खर्चको प्रगति ह्वात्तै बढ्छ ।’ उनले चालुतर्फ ५९.८७ र वित्तीयतर्फ ४१.८६ प्रतिशत प्रगति भएको जानकारी दिए ।

समग्रमा यो आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ५०.५३ प्रतिशत आर्थिक प्रगति भएको उनले जानकारी दिए ।

बागलुङ नगरपालिकाले यो आर्थिक वर्षमा कुल चार सय ५९ योजना सम्झौता गरेकामा १७४ योजना निर्माण सम्पन्न भैसकेका छन् ।  ४१ योजनाको पेश्की निकासा भएर काम भैरहेको छ भने दुई सय ८५ योजना निर्माण सम्पन्न हुन बाँकी रहेको छ । यो आर्थिक वर्षमा १८ किलोमिटर सडक मर्मत, ८४ मिटर तारबार निर्माण, एउटा खानेपानी ट्याङ्की निर्माण, चार सय ६५ मिटर पाईप खरिद, एउटा भवन निर्माण र एउटा ट्रस भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका भित्रका ६ सय ५८ लाभग्राहीलाई कुल एक करोड ८८ लाख दुई हजार एक सय ९५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिकसम्मको भुक्तानी गरेको पनि नगरपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय गणेश बहादुर जिसीले चिनीयाँ कम्पनीले अघिल्लो पटक आएर उत्खनन् सुरु गरेको तामाखानीले आफुहरु असुरक्षित भएको भन्दै आफुहरुको सुरक्षाका लागि के व्यवस्था हुन्छ र अहिले भागेर गएको कम्पनी कहिलेबाट पुनः काममा फर्किन्छ भनेर प्रश्न राखेका थिए ।

देवबहादुर थापाले विद्युतको पोल ढलेको वषौं हुँदासम्म पुनः पोल गाड्ने काम नभएको, बोमबहादुर केसीले खानेपानीको समस्या भएको र एक घर एक धारा कहिलेसम्म बन्छ ?, प्रेमराज पौडेलले रायडाँडा जाने बाटोले कुल पुरेको र त्यसको मर्मत हुन नसकेको गुनासो राखेका थिए ।

विष्णु थापामगरले बजारमा रहेको वडाबासीलाई वडाको सेवा कसरी उपलब्ध गराउन सकिन्छ, ग्रामिण सडकहरुमा पक्की नाली निर्माण कहिले हुन्छ भनेर प्रश्न राखेकी थिईन् ।

टेकबहादुर परियारले निर्वाचनको बेला ठूला वाचा गर्ने जनप्रतिनिधिहरुले जनताको समस्या सुन्न कहिले गाउँ आउँछन् भनेर जिज्ञासा राखेका थिए । लोकराज पौडेलले पदमार्गको व्यवस्था गर्नुपर्ने, राबहादुर खड्काले खानेपानी योजनाका लागि निर्माण भएका ट्याङ्की खाली रहेको, विद्यालय स्थगन र डाउनसाईज गर्दा बालमैत्री नगर अभियानलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रश्न गरेका थिए ।

मनिष थापाले सडकको दुरावस्थाबारे प्रश्न उठाउँदा अर्जुनचन्द्र शर्माले नगरप्रमुखले तोक लगाएको कागज कर्मचारीले कार्यान्वयन नगरेको गुनासो गरेका थिए ।

बद्रप्रसाद पौडेल, शिव खड्का र गणेश जिसीले अदालत चौपारीबाट तित्याङ हुँदै रायडाँडा जोड्ने सडक कहिले बन्छ ?, सरकारी कर्मचारी शिक्षक, जनप्रतिनिधिले आफ्ना छोराछोरी कहिले सामुदायिक विद्यालयमा पढाउँछन् ? आफतकालिन एम्बुलेन्स सेवा सञ्चालन गर्न सकिन्छ सकिदैन भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नागरिकलाई सहज र सरल सेवा प्रवाह गर्दै विकास निर्माणको कामलाई गति दिने प्रयास गरिरहेको बताए ।

‘हाम्रा आवश्यकताहरु धेरै छन्, तर हामीसंग स्रोतको सिमितता छ’ उनले भने–‘सिमित स्रोतको उपयोग गर्दै अधिकतम काम गर्ने र नागरिकलाई राहत दिने पक्षमा हामी लागेका छौँ ।’ उनले नागरिकका माग अनुसार स—साना काम र योजनाहरु बजेट विनीयोजन गर्नुपरेका कारण ठूलो र देखिनेगरी काम गर्नका लागि समय लागेको बताए ।

‘मेरो योजना ठूला र दीर्घकालिन योजनामा लगानी गरौं भन्ने नै हो’ उनले भने–‘तर नागरिकको आवश्यक त माग साना कामहरु पनि छ । त्यसलाई सम्बोधन गर्दा ठूलो र देखिने योजनाहरुको कामलाई केही गाह्रो भैरहेको छ । हामी प्रयास गरिरहेका छौं ।’

बानपा—९ तित्याङमा झण्डै २५ करोड लागतको ब्लुहिल पर्यटन योजना अगाडि बढेको भन्दै अन्य ठाउँहरुमा यस्तै खालका योजना अगाडि बढाउने जानकारी गराए ।
‘८ वर्ष अगाडि पञ्चकोट सुनसान डाँडो थियो, अहिले सबैका लागि गन्तव्य बनेको छ’ उनले भन–‘त्यसरी नै हरेक वडामा ठूला योजना सञ्चालन गरेर गौरवको योजना रुपमा अगाडि बढाउने र त्यसबाट नागरिकले लाभ लिने वाताबरण सिर्जना गर्ने पक्षमा छौँ । ठूला योजनाहरु अगाडि बढ्दा साना योजनाहरुसँगै जोडिएर आउँछन् ।’

सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न र छरिएर रहेको स्रोत र जनशक्तिको सदुपयोगका लागि विद्यालय स्थगन र डाउनसाईजिङको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘यो पटक आधारभूत तहमा गरेका छौं, अर्को वर्ष माध्यमिक तहमा पनि हुन्छ’ उनले भने–‘उपलब्धी नहुने ठाउँमा स्रोत साधन खर्च नगरी त्यसलाई व्यवस्थीत गर्ने र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्ने हाम्रो प्रयास हो ।’

उनले बागलुङ बजार क्षेत्रमा सडकपेटी व्यवस्थीत गर्ने काम सुरु भएको, ढल व्यवस्थापनका योजना सञ्चालनका लागि अन्तिम चरणमा पुगेको जानकारी गराए ।
पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गरेको कार्यक्रममा पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवासले नागरिक सन्तुष्टी सवेक्षण प्रतिवेदन र सदस्य नारायण रिजालले सार्वजनिक सुनुवाई आचारसंहिता बारेमा जानकारी गराएका थिए ।

बागलुङ नगरपालिका—९ का वडाध्यक्ष राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ नगरउपप्रमुख राजु खड्का र सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार संगम घर्तीमगरले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki