Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप चैतको अन्तिम साता

bk logo final png
  • बागलुङखबर
  • १३ चैत्र २०८०, मंगलवार ०८:५२

बागलुङ, १३ चैत्र । काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता हुने भएको छ ।

काठेखोला गाउँपालिकाका आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा चैत्र २८ गतेदेखि बैशाख १ गतेसम्म वडा नम्बर २ भीमापोखरा अक्षेते बजारमा प्रतियोगिता संचालन हुने सोमबार पत्रकार सम्मेलन गरी बताइएको छ ।

काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धन गर्ने उद्देश्यले कपको आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमको माध्यमबाट गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचाप्रसार एवं प्रबद्र्धन गर्ने, खेलकुद, कला साहित्य र संगितको माध्यमबाट सभ्य संस्कृतियुक्त शिक्षित, सक्षम, समुन्नत, विकसित, आन्मनिरर्भता सहितको समृद्धि काठेखोला निर्माण गर्ने, युवालाई खेलकुद क्षेत्रमा आकर्षित गरि काठेखोलाको खेल क्षेत्रलाई थप व्यवस्थित गर्ने र लोपोन्मुख स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको बताउनुभयो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन एवम् प्रदर्शन गर्ने बताउनुभयो । उहाँले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्राहलयको थप प्रचारप्रसार गरिने बताउनुभयो ।

सो अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा (२०८० गायन प्रतियोगिता) दोस्रो काठेखोला गजल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका सांगीतिक प्रस्तुति हुने संयोजक विकले बताउनुभयो ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष राजु थापाले कपको लागो सार्वजनिक गर्नुभएको थियो ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका प्रत्यके वडाबाट एक वटा टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक विकले बताउनुभयो । भलिबल प्रतियोगिताको प्रथमले १ लाख, द्वितीयले ६० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो काठेखोला लोक तारा–२०८० (गायन प्रतियोगिता) तीन चरणमा संचालन गरिने संयोजक विकले बताउनुभयो । उहाँले पहिलो चरण र दोस्रो चरण भीमसेन माविको सभाहलमा संचालन हुने र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगितहरु विच कार्यक्रमस्थल अक्षेते बजारमा संचालन गरिने बताउनुभयो । लोकतारा विजेताले ३० हजार फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै गजल प्रतियोगिताको प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने सामुहिक नृत्य प्रतियोगिताको प्रथमले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै खुल्ला ताराखेल प्रतियोगिताको विजेताले ५० हजार र द्वितीयले ३० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक विकले बताउनुभयो । यस्तै व्याडमिन्टन प्रतियोगिताको विजेताले १० हजार र द्वितीयले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो । उहाँले काठेखोला गाउँपालिकाको १३ औं गाउँसभाबाट ५ लाख र १४ औं गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजित गरिएको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki