बागलुङ, ५ चैत्र । बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनले दुर्घटनामा २०/२५ जना घाईते रहेको बताए । घाईतेहरुको प्रहरी र स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए ।
बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए । घटनामा घाईतको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । मृत्तक र घाईतेहरुको नामावली खुल्न सकेको छैन । साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाई छ ।