Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ खबर डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश

  • रामु जि‍‍ सी
  • १ फाल्गुन २०८०, मंगलवार ०८:०१

बागलुङ मिडिया हाउसद्वारा सञ्चालित बागलुङ खबर डट कम अनलाइन पत्रिका आजदेखि दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । यो दुई वर्षमा हामीसँग जोडिनुभएका तथा हामीलाई साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति हामी आभारी रहेका छौं ।

हामीले सञ्चार कर्ममा लागेर समुदाय स्तरमा भएका गतिविधिहरुलाई पस्कने तथा बागलुङमा भएका स्थानीय तह केन्द्रित समाचार प्रकाशन गर्नु हाम्रो नितान्त लक्ष्य अनुसार हामी हाम्रो काममा लागेका छौं । बागलुङ बजारलाई मुख्य कार्यथलो बनाएर शुरुवात गरिएको यस अनलाइन पत्रिकाले समुदाय स्तरमा भएका तथा हुने गरेका धेरथोर प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न गरेका छौं ।

जनताका आवाज बोल्न भनेजस्तो सजिलो छैन् । अनेकौं समस्याको सामना गर्नुपर्छ । हाम्रो टिम समस्याको सामना गर्दै चूनौतिका पहाडहरुलाई पन्छ्याउदै निरन्तर आफ्नो कर्ममा खटिरहेको कुरा सबैलाई अवगत नै छ ।

सञ्चार माध्यममा पनि अनेकौं समस्याहरु रहेका छन् । सञ्चार माध्यम सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्नु, सही र तथ्यपूर्ण समाचार प्रकाशन गर्नु तथा भ्रमपूर्ण समाचार पहिचान गर्नु जस्ता समस्याहरु पनि नभएका होइनन् । त्यस्ता समस्याहरुलाई चिर्दै हामीले हाम्रा समाचार र विचारलाई तथ्यपूर्ण बनाउन निरन्तर प्रयास गरेका छौं । हाम्रो यो प्रयासलाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास पनि लिएका छौं ।

जसरी सुशासनबिना लोकतन्त्र फस्टाउन सक्दैन् त्यसरी नै सही र तथ्यपूर्ण समाचारबिना सञ्चार माध्यमको बिकास हुन सक्दैन् । यसकारण हामीले निरन्तर रुपमा हाम्रो क्षमताले भ्याएसम्म खबरदारी गर्दै आएका छौं । हामीले देशमा सुशासन कायम गर्न तिनै तहका सरकार तथा नागरिक सबैलाई खबरदारी गर्दै आएका छौं । हाम्रो यो अभियान निरन्तर रुपमा चलिनै रहको छ र रहिरहने छ । लोकतन्त्रको सच्चा पहरेदारका रुपमा आगामी दिनमा समेत हामी सधै नै क्रियाशील रहिरहने छौं । वार्षिकोत्सवको यो पुनीत अवसरमा हामी हाम्रा श्रद्धय पाठक, विज्ञापनदाता, पत्रकार, सुभेच्छुक तथा सहकर्मी सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki