बागलुङ, १९ मंसिर । बागलुङको ढोरपाटनमा हिमपात भएको छ । सोमबार बिहानदेखि हिमपात भइरहेको स्थानीय टक बहादुर अदैले जानकारी दिए । ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको हो ।
यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ स्थानीय अदैले भने,‘हिमपातले ढोरपाटन उपत्यका सेताम्यै भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको छ ।’
हिमपातको कारण वातावरण चिसो बनेको स्थानीय अदैले बताए । उनले हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।
हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।
स्थानीय अदैले भने ‘अघिल्लो वर्ष पुस माघमा हिमपात हुने भएपनि यस वर्ष मंसिरमै हिउँ परेको छ,’।
ढोरपाटनमा यस वर्ष चाडै हिमपात भएको हो ।