Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महिला टि२० : घरेलु टोली मलेसियामाथि नेपालको रोमाञ्चक जित

  • BAGLUNGKHABAR
  • १४ भाद्र २०८०, बिहीबार १३:१५

काठमाडौं, १४ भदौ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियामाथि पाँच रनको जित हात पारेको छ ।

८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाको लागि कप्तान विनीफ्रेड दुराईसिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बननाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।

नेपालकी कविता जोशीले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिएकी थिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र अश्मिना कर्माचार्यले एक एक विकेट लिए ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपालका तर्फबाट सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रन र अप्सरी बेगमले ३८ बलमा १ चौकासहित १७ रन बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो गर्न सकेनन् ।

त्यस्तै कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा २ चौकासहित १२ रनमा आउट भइन् । मलेसियाको ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।

नेपालले अब शुक्रबार बहराइन, आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki