Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नक्कली सुन प्रकरणमा लाखौं रुपैयाँ ठगी गर्ने महिला पक्राउ

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ भाद्र २०८०, शनिबार १०:२५

बागलुङ, ९ भदौ । बागलुङमा नक्कली सुनका गहना दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्कालाई बुधबार पक्राउ गरेको हो ।

मिनाले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा पैसा आवश्यक परेका भन्दै आफूसँग भएको गरगहनाहरू दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

मिनाले फेरी पनि पैसा आवश्यक परेको भन्दै २०७९ फागुनमा थप गरगहना राखेर दुई लाख रुपैयाँ सापटी दिन सूर्यसँग माग गरेकी थिइन । पटक पटक गहना दिँदै रकम मागेपछि खड्काले सुनका गहना नहुन सक्ने अनुमान गर्दै १८ लाख रुपैयाँ दिने बेलासम्मका गहनाहरूसहित थप दुई लाख रुपैयाँ माग्ने बेलासम्मका गहनाहरू सुनचाँदी पसलमा जाँच गराउँदा नक्कली भएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा मिनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले बताए । उनले बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।

बागलुङ प्रहरीले सुनका गरगहनाहरू भनी नक्कली गरगहनाहरू देखाई रकम ठगी गर्ने व्यक्तिबाट जोगिनका लागि अनुरोध गर्दै बिलको लेनदेनबिना गरगहनाको कारोबार नगर्न तथा सुनको नाममा ठगी गरेको शङ्का लागेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki