Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भिमगिठेका इन्चार्ज प्रहरी नायव निरीक्षक पौडेल मृत्त फेला

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ श्रावण २०८०, मंगलवार ०९:४१

बागलुङ, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका छन् ।

सोमबार राती बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले बताए । खाजा खानाको लागि होटलमा गएका पौडेललाई राती १२ बजे होटल संचालकले मृत्त देखेपछि वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएको र वडाअध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे इलाका प्रहरी चौकी बुर्तिबाङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रनाउ केसीले बताए ।

प्रनाउ केसीले घटनाको थपअनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको जानकारी दिए । उनले वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थल पुग्न समस्या भएको बताउँदै केही समयमा घटनास्थलमा पुगेपछि थप जानकारी आउने बताए ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki