Skip to content

follow us

baglungkhabar.tv

6th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भिमगिठेका इन्चार्ज प्रहरी नायव निरीक्षक पौडेल मृत्त फेला

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ श्रावण २०८०, मंगलवार ०९:४१

बागलुङ, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका छन् ।

सोमबार राती बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले बताए । खाजा खानाको लागि होटलमा गएका पौडेललाई राती १२ बजे होटल संचालकले मृत्त देखेपछि वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएको र वडाअध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे इलाका प्रहरी चौकी बुर्तिबाङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रनाउ केसीले बताए ।

प्रनाउ केसीले घटनाको थपअनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको जानकारी दिए । उनले वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थल पुग्न समस्या भएको बताउँदै केही समयमा घटनास्थलमा पुगेपछि थप जानकारी आउने बताए ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki