काठमाण्डौ, ६ साउन । फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।
जापानका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले रातो कार्ड पाइन् ।
मिना तानाका, जुन इन्डो र रिको उएकीले एकरएक गोल गरेपछि समूह (सी)मा रहेको जापानले तीन अङ्क जोडेको छ ।
कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।