Skip to content

follow us

baglungkhabar.tv

28th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

bk logo final png
  • बागलुङखबर
  • १३ मंसिर २०८३, शनिबार १७:४५

बागलुङ ,१२ मंसिर । धौलागिरि गण्डकी यातायात सेवा प्रालिकौ  अध्यक्षमा उमेश केसी निर्वाचित भएका छन् । आज भएको तेश्रो अधिवेशनबाट केसी निर्वाचित भएका हुन ।

प्रालिको संचालक समितिमा उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, धनश्याम मल्ल, थमप्रकाश शर्मा ‘गणेश’, ओम गिरी, बाबुराम पौडेल, जयबहादुर श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री, भूपेन्द्र शर्मा, बिना जिसी र रामकृष्ण थापा निर्वाचित भएक हुन्  ।

समितिले बागलुङ, पर्वत र म्याग्दीबाट राजधानी काठमाण्डौ सहित पोखरा, चितवन, हेटौडा, बिरगंज, काकरभिट्टा, नेपालगञ्ज र भैरहवाका लागि सवारी छुटाउने गरेको छ । हाल ३ सय व्यवसायी रहेको प्रा.लिमा ५ सय यात्रुवाहक सवारी साधन सूचिकृत रहेका छन् ।

बस तथा माइक्रोबस संचालन गरेर यात्रीलाई लामो समय देखि सेवा प्रवाह गरेको प्रालिले नागरिकको दुर्घटना बिमा तथा आरामदायी सवारी थप गर्दैै लगेको अध्यक्ष केसीले बताए । करोडौं लगानी गरेर बस ल्याएका व्यवसायीलाई राज्यले भने उचित सम्मान गर्न नसकेको व्यवसायीले बताएका छन् । उनीहरुले राज्यले तोकेको दररेटमा सवारी संचालन गरेपनि कर छुट तथा व्वबस्थापकीय काममा राज्यको साथ नपाएको बताए ।

शनिवार भएको उद्घाटन कार्यक्रममा तत्कालिन धौलागिरि बस व्यवसायी समितिका संस्थापक कृष्ण शंकर श्रेष्ठले संस्था आर्थिक रुपमा बलियो बन्दै गएको तर सामाजिक रुपमा अझै बलियो बन्नुपर्ने बताए । उनले व्यवसायी र कामदारमा संयम तथा सहयोगी भावना बिकास गर्न सकेमा यो प्रा.लि. अझै बलियो बन्ने बताए । पछिल्लो समय यात्री घटेको, साझा लगायतका यातायात कंपनीमा यात्रीको आर्कषण बढेको भन्दै आफ्नो क्षेत्रमा पनि यात्रीको आर्कषण बढाउन पहल गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्व अध्यक्ष कुमार खड्का, पूर्व कोषाध्यक्ष शिवप्रसाद सुवेदी, बागलुङ नगरपालिका वडा नंं १ का अध्यक्ष जयबहादुर खत्री, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियार, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, धौलागिरि जिप व्यवसायी समितिका अध्यक्ष दिनेश बोहरा लगायतले शुभकामना दिएका थिए ।

प्रा.लि. का अध्यक्ष उमेश केसीको अध्यक्षता, प्रबन्ध संचालक राजन जोशीको संचालनमा साधारणसभा सम्पन्न भएको थियो । संस्थाको वार्षिक प्रगती प्रतिवेदन र आगामी कार्ययोजना बारे अध्यक्ष केसीले प्रतिवेदन पेश गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

लोकप्रिय

मध्यपहाडि लोकमार्ग अन्तरगत पर्ने कुस्मा-मालढुङ्गा खण्ड एकतर्फ सुचारु

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki