बागलुङ, ८ माघ । बागलुङमा अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओसारपसारमा संलग्न दुई ट्रकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक फेला परेका हुन् ।
प्रहरीले लु १ ख ८३३८ र रा १ ख ३०४५ नम्बरका ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको प्रहरी प्रमुख फडिन्द्र प्रसाइले जानकारी दिनुभयो ।
स्लेट ढुङ्गाको अवैध उत्खनन तथा ओसारपसार नयिन्त्रणका लाग िप्रहरीले नयिमति जाँचलाई नरिन्तरता दएिको जनाएको छ ।







