बागलुङ, १६ कात्तिक । बागलुङमा दशैँ अवधिभर पाँच सय भन्दा बढि सवारीसाधन कारबाहीमा परेका छन् ।
दशैँ अवधिभर ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच सय बाह्य वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका सवारीसाधनबाट पाँच लाख २६ हजार रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।
]
क्षमताभन्दा बढी यात्रु राख्ने, कागजपत्र नबोक्ने, तीव्र गतिमा गुडाउने, र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरू कारबाहीमा परेकाे जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक सन्तोष ज्ञवालीले जानकारी दिनुभयाे।
उहाँका अनुसार कारबाहीमा पर्नेमा २१६ वटा कार तथा जिप, १६४ वटा मोटरसाइकल, ७० वटा ट्रक तथा टिपर, ३४ वटा टेम्पो, २१ वटा ट्याक्टर र सात वटा बस रहेका छन् ।
कार तथा जिपबाट दुई लाख ३४ हजार रुपैयाँ, मोटरसाइकलबाट एक लाख ५८ हजार पाँच सय, ट्रक तथा टिपरबाट ६६ हजार, टेम्पोबाट ३६ हजार पाँच सय, ट्याक्टरबाट २४ हजार र बसबाट सात हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।






