Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पसल खोल्न सरकारले तोक्यो दिन, कुन दिन कस्ता पसल खुल्छन् ?

  • २४ भाद्र २०७७, बुधबार १९:२६

भदौ २४, काठमाडौं । सरकारले विभिन्न व्यवसाय सञ्चालन गर्नका लागि उपत्यकामा समय तोकेको छ ।

बार र समय अनुसार पसल खोल्न दिने गरी मापदण्ड तयार गरिएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक्स पसल लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न पाइने छ ।

भाँडा भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइने छ ।

फर्निचर र अटो मोवाइल सम्बन्धी पसलहरु सोमबार र बुधबार मात्रै खोल्न पाइने मापदण्ड तोकिएको छ ।

यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक सिलहरु, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ ।

सवारीसाधन मर्मतसम्बन्धी वर्कशप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ ।

खाद्य वस्तु, डेरी र फलफूल तथा माछा मासु पसल बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ । निर्माण सामाग्रिसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।

सहकारी संस्थाहरु समेत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक सेवाका व्यवसाय तथा पसलहरु भने जुनसुकै समयमा खोल्न सकिने प्रशासनले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki