Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बन्दीलाई दशैँ मनाउन खसी उपहार

bk logo final png
  • बागलुङखबर
  • २ कार्तिक २०८३, आईतवार १९:५०

बागलुङ,१ कात्तिक  । बागलुङ उद्योग वाणिज्य संघले विजया दशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार प्रदान गरेको छ। संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आपसी भाइचाराको अवसर भएको बताउनुभयो। कारागारमा रहेका कैदीबन्दीलाई चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोगले उनीहरूमा सकारात्मक भावना विकास गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो। उहाँले चाडपर्वका बेला कैदीबन्दीमाझ खुसी बाँड्ने उद्देश्यले गरिएको सहयोगको प्रशंसा गर्नुभयो।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले परिवारबाट टाढा रहेर कारागारमा जीवन बिताइरहेका कैदीबन्दीलाई चाडपर्वका बेला थोरै भए पनि खुसी प्रदान गर्ने उद्देश्यले खसी उपहार दिइएको बताउनुभयो। उहाँले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खसी प्रदान गर्ने २०५४ सालदेखिको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहयोग गरिएको जानकारी दिनुभयो।

संघको सहयोगले कारागारमा रहेका कैदीबन्दीलाई विजया दशमी मनाउन सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वका अवसरमा गरिने यस्ता सहयोगले कैदीबन्दीलाई पनि सामाजिक सद्भाव र आत्मीयताको अनुभूति गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम को सञ्चालन संघका महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki