Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

पत्रकार महासङ्घ बागलुङमा १० लाखको लेखनवृत्ति कोष स्थापना

bk logo final png
  • बागलुङखबर
  • २४ आश्विन २०८३, शनिबार १८:५७
बागलुङ, २४ असोज । नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी र विश्लेषणात्मक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ ।
पहिलो चरणको अभियानबाट रु. १० लाखको लक्ष्य पूरा गरी कोष सञ्चालनमा ल्याइएको शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो ।
विसं २०८१ मङ्सिर २८ गते भएको शाखाको आठौँ अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको पहिलो बैठकले पत्रकार लेखनवृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम विसं २०८१ माघ २६ मा औपचारिक समारोहमार्फत लेखनवृत्ति कोषको घोषणा गरिएको थियो । शाखाका पदाधिकारी र सदस्यहरुबाट योगदान रकम जम्मा गरी सुरु गरिएको उक्त कोषमा स्वतःस्फूर्त रुपमा अन्य दाताहरुको पनि सहयोग जुटेको कोषाध्यक्ष गौतमले बताउनुभयो ।
उहाँका अनुसार देशविदेशमा रहनुभएका विभिन्न व्यक्ति र शुभेच्छुक सङ्घसंस्थाहरुबाट कोषमा सहयोग प्राप्त भएको हो । शाखाका सचिव नारायण रिजालले कोषबाट आउने ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने बताउनुभयो ।
कोष सञ्चालनका लागि कार्यविधि निर्माणको काम भइरहेकाले यथाशक्य चाँडो लेखनवृत्ति प्रदान गरिने उहाँको भनाइ छ । लेखनवृत्ति छनोटका लागि विज्ञ सम्मिलित समिति गठन हुने र सोही समितिले गरेको निर्णयका आधारमा लेखनवृत्ति प्रदान गरिने सचिव रिजालले बताउनुभयो ।
औपचारिक समारोह आयोजना गरी लेखनवृत्ति प्रदान गरिने महासङ्घले जनाएको छ । सोही अवसरमा कोषका दाताहरुलाई सम्मान गरिने भएको छ । सहयोगदाताको नामावली ताम्रापत्रमासमेत अङ्कित गरिने जनाइएको छ ।
शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारिता क्षेत्रको गुणात्मक विकास सँगसँगै खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले लेखनवृत्ति कोषको अवधारणा ल्याइएको बताउनुभयो । “सार्वजनिक सरोकारका विषयमा प्रभावशाली रिर्पोटिङ गर्ने पत्रकारलाई लक्ष्य गरी लेखनवृत्ति कोषको स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट पत्रकारहरुबीच खोजी रिर्पोटिङमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुनेछ ।”
पहिलो चरणमा रु. १० लाखको कोष स्थापना गरिएपनि कोष वृद्धिको अभियान भने निरन्तर चलिरहने उहाँको भनाइ छ । पत्रकारको पेशागत हकहित र क्षमता अभिवृद्धिमा महासङ्घ केन्द्रित रहेको अध्यक्ष थापाले बताउनुभयो ।
Share

प्रतिक्रिया

थप समाचारहरु

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki