बागलुङ,२३ असोज । बागलुङको धवलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीका लागि तनाव व्यवस्थापन तथा डिजिटल कुलत सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
खुशी मन बागलुङको आयोजना र नेपाल ल्रेस युनियन बागलुङको संयोजनमा क्याम्पसका विद्यार्थीका लागि तानव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी तालिमप्रदान गरिएको हो
कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्य र सचिव योगराज कँडेलले सहजिकरण गरेका थिए । उनीहरुले विद्यार्थीमा बढ्दो मानसिक तनाव, पढाइप्रतिको दबाब तथा मोबाइल फोन र सामाजिक । सञ्जालको अत्यधिक प्रयोगबाट उत्पन्न हुने समस्यालाई न्यूनीकरण गर्ने विषयमा जोड दिएका थिए।
तालिममा उनीहरु विद्यार्थीको मानसिक स्वास्थ्य, भावनात्मक अवस्था, आत्मविश्वास विकास, तनाव व्यवस्थापन तथा डिजिटल प्रविधिको सही प्रयोगका विषयमा जानकारी गराएका थिए ।
उनीहरुल ेपछिल्लो समय मोबाइल फोन, सामाजिक सञ्जाल, अनलाइन गेम तथा इन्टरनेटको अत्यधिक प्रयोगले विद्यार्थीको अध्ययन, निद्रा, व्यवहार र सामाजिक सम्बन्धमा पार्न सक्ने प्रभावबारे समेत सचेतना प्रदान गरेका थिए ।
तालिमका क्रममा विद्यार्थीलाई मानसिक रूपमा स्वस्थ रहन, आफ्ना समस्या खुलेर व्यक्त गर्न तथा तनावपूर्ण परिस्थितिको सामना सकारात्मक ढङ्गले गर्न आवश्यक सीप प्रदान गर्ने विषयमा जोड दिइएको छ।
विद्यार्थीले भोग्ने शैक्षिक दबाब, पारिवारिक समस्या, साथीभाइबीचको सम्बन्ध तथा भविष्यप्रतिको चिन्तालाई समयमै पहिचान गरी उचित परामर्श लिनुपर्ने आवश्यकताबारे छलफल गरेका थिए ।








