बागलुङ, २३ असोज । नेपाल सरकारलले बागलुङ सहित छ जिल्ला र पालिका तीन महिनाका लागि सङ्कटकाल क्षेत्र घोषणाछ ।
सरकारले बागलुङ सहित गण्डकी प्रदेशका जिल्लाहरु गोरखा मनाङ म्याग्दी पर्वत र नवलपरासी ९ बर्दघाट सुस्ता (पश्चिम) का पालिकामा बाढि तथा पहिरोमा परि तीन महिनाका लागि सङ्कटकाल क्षेत्र घोषणा गरेको छ ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोगगरी संवत् २०८३ भदौ १० गतेको रसुवा भोटेकोशी बाढीबाटप्रभावित र संवत् २०८३ असोज ८ गते देखि ११ गतेसम्म नेपालको विभिन्न भू–भागमा भारी र अति भारी वर्षाका कारण सिर्जित बाढी तथापहिरोबाट अति प्रभावित भएका जिल्लाका स्थानीयतहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीनमहिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेका छ ।
कुन कुन बाढि तथा पहिरो प्रभावित जिल्ला तथा स्थानीय तह
गोरखा शहिद लखन गाउँपालिका वडा नं. ३ र ४
मनाङ
चामे गाउँपालिका
नासों गाउँपालिका
डिस्याङ गाउँपालिका वडा नं. १ र ४
म्याग्दी
अन्नपूर्ण गाउँपालिका
रघुगंगा गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
धवलागिरी गाउँपालिका ६.
मालिका गाउँपालिका
बागलुङ
निसीखोला गाउँपालिका वडा नं. ४ र ६
बडिगाड गाउँपालिका
तामानखोला गाउँपालिका वडा नं. ३ र ४ ताराखोला गाउँपालिका
पर्वत
जलजला गाउँपालिका
फलेवास नगरपालिका वडा नं. २, ३, ७, ८, १० र ११विहादी गाउँपालिका वडा नं. ६
महाशिला गाउँपालिका वडा नं. ५ र ६ मोदी गाउँपालिका वडा नं. २ र ३
नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)
सुस्ता गाउँपालिका वडा नं. ५









