Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

bk logo final png
  • बागलुङखबर
  • १७ आश्विन २०८३, शनिबार १३:४१

बागलुङ, १७ असोज । बागलुङका बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग गरेको छ ।

बाढीपहिरो प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको हो ।

एनआरएनएले ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो। सडक सञ्जाल अवरुद्ध रहेकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भएपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, बागलुङलाई हस्तान्तरण गरिएको हो।

राहत सामग्रीमा चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ, चिनी, चियालगायत खाद्यान्न तथा सिरक, डसना र सिरानी रहेका छन्। साथै ३० थान पावर बैंक र ३० थान इमर्जेन्सी लाइटसमेत उपलब्ध गराइएको हो ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा सिन्धुलीका सांसद आशिष गजुरेल, बागलुङका सांसद सोम शर्मालगायतको उपस्थिति रहेको थियो।

यसैगरी, एनआरएनएले निसीखोला गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का ६८ बाढीपहिरो प्रभावित घरपरिवारलाई करिब ७ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सहयोग गरिएको एनआरएनएले जनाएको छ।

जिल्लामा बाढीपहिरोका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भइरहेका बेला स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा प्रभावित परिवारसम्म राहत पुर्‍याउने काम भइरहेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki