Skip to content

follow us

baglungkhabar.tv

20th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

bk logo final png
  • बागलुङखबर
  • ३ आश्विन २०८३, शनिबार १४:००

बागलुङ,३ असोज । बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने भएको छ ।

बागलुङका दुई हजार एक सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपिभि) खोप लगाइने भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनएको छ ।

असोज महिनाको दोश्रो साताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई एचपिभि खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार, गलकोटका २ सय ६६, जैमिनीका १ सय ८५, ढोरपाटनका ३ सय ५०, बागलुङ नगरपालिकाका ४ सय ६७, काठेखोलाका १ सय ३३, तमानखोलाका ९५, ताराखोलाका ६०, निसीखोलाका २ सय ५१, बडिगाडका ३ सय ४ र बरेङ गाउँपालिकाका ७८ जना किशोरीलाई एचपिभि खोप लगाइनेछ ।

विद्यालयबाहिर रहेका किशोरीलाई घरमै पुगेर खोप दिइने छ ।

एचपिभि खोप लगाउनेबारे जनस्वास्थ्यले जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । खोप लगाउनुपूर्व पालिकामा स्वास्थ्य संस्थाका प्रमुख र वडास्तरमा स्वास्थ्यकर्मीबिच अभिमुखीकरण कार्यक्रम हुनेछ ।

‘‘यो वर्ष एचपिभि खोप लगाउने जिम्मा स्थानीय तहलाई जिम्मेवारी दिएका छौं’’ खत्रीले भन्नुभयो, ‘‘लक्षित किशोरीलाई खोपमा समेट्न स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुग्ने छन् ।’’

जनस्वास्थ्य कार्यालयले दक्षिण बागलुङका दुई पालिका जैमिनी र बरेङका लागि खोप पठाइसकेको छ भने अन्य पालिकामा पठाउने तयारी गरेको छ ।

खोपका लागि हरेक पालिकामा समय तालिका बनाइएको छ । गलकोट नगरपालिकामा असोज ४ देखि ७ र ताराखोला गाउँपालिकामा असोज ४ देखि ७ गतेभित्र एचपिभि खोप लगाइने छ ।

असोज दोस्रो हप्तादेखि बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङ, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका खोप लगाइने छ ।

आर्थिक वर्ष २०८१/०८२ मा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १ सय ७७ जना र गत वर्ष कक्षा ६ मा पढ्नेबाहेक १० वर्ष उमेर समूहका गरी ३ हजार ३ सय २ जना किशोरीलाई खोप लगाइएको थियो । यस वर्ष पनि तोकेको लक्ष्यअनुसार सबैलाई खोप लगाइनेछ ।

एचपिभि खोप अभियनमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई जोड्न स्वास्थ्यकर्मीले घरदैलो गर्ने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki