Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कांग्रेस तयारीमा जुट्यो महाधिवेशनमा : ८५ वडामा नेतृत्व र प्रतिनिधि छनोटको

bk logo final png
  • बागलुङखबर
  • १ आश्विन २०८३, बिहीबार १३:०१

बागलुङ,१असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल केन्द्रबाट जिल्ला हुँदै वडा तहसम्म पुगेको छ ।

केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते देशभर गाउँ–नगर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै बागलुङ कांग्रेस पनि महाधिवेशनको संगारमा जुटेको हो । केन्द्रीय कार्यतालिकाअनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन् ।

त्यसपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । बागलुङमा भने जिल्लाका ८५ वटै वडामा एकैपटक अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।त्यसका लागि नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति तारानाथ पौडेलको अध्यक्षतामा जिल्ला स्तरीय बैठक बसेर वडा अधिवेशनलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, टेकराज पौडेल र भीम श्रीस, पूर्वसभापतिहरु हरिप्रसाद श्रेष्ठ र प्रकाश शर्मा पौडेल, प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगर, प्रदेशसभा सदस्यहरू डिल्लीराम सुवेदी, द्रोणकुमार कुँवर र डिलमाया पौवी लगायत नेता सहभागी थिए । बागलुङका लागि खटिएका निर्वाचन अधिकृत शालिकराम भट्टराईसहित जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा पालिका तहका पदाधिकारी र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको समेत सहभागितामा बैठक सम्पन्न् भएको सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

बैठकले वडा अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकृत खटाउने निर्णयसमेत गरेको छ । वडाबाट सुरु हुने ‘महाधिवेशनको राजनीति’ कांग्रेसको महाधिवेशन काठमाडौंमा हुने केन्द्रीय नेतृत्वको निर्वाचन मात्र होइन । त्यसको वास्तविक सुरुआत भने वडा तहबाट हुन्छ ।

वडा अधिवेशनबाट चुनिने प्रतिनिधिहरू क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्ने भएकाले असोज ३ र ४ गतेको वडा अधिवेशन कांग्रेसभित्रको नेतृत्व निर्माणको पहिलो महत्वपूर्ण खुड्किलो बन्नेछ । त्यसैले बागलुङका ८५ वडामा हुने अधिवेशनलाई सामान्य संगठनात्मक कार्यक्रमका रूपमा मात्र हेरिएको छैन । वडा सभापति र कार्यसमिति चयनसँगै आगामी तहका अधिवेशनमा जाने प्रतिनिधिको छनोटले जिल्लाको कांग्रेस राजनीतिमा पनि प्रभाव पार्नेछ ।

वडा तहमा सहमति बन्छ कि निर्वाचन हुन्छ, पुराना अनुहार दोहोरिन्छन् कि नयाँ पुस्ताले स्थान पाउँछ, स्थानीय गुट–समूहबीच समझदारी हुन्छ कि प्रतिस्पर्धा बढ्छ—यी विषयले आगामी अधिवेशनको वातावरण निर्धारण गर्नेछन् । यद्यपि यी विषयमा अहिले नै निष्कर्ष निकाल्नुभन्दा वडा अधिवेशनको प्रक्रिया र परिणाम हेर्नुपर्ने हुन्छ । केन्द्रीय तहमा पनि यसपटकको महाधिवेशनलाई लिएर व्यापक सहभागिता र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्ने अपिल गरिएको छ । पार्टी सभापति गगन थापाले समेत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गर्नु भएको छ । बागलुङमा अब चुनौती तयारी पूरा गर्नुमा मात्र छैन ।

८५ वटै वडामा क्रियाशील सदस्यको सहभागिता सुनिश्चित गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउने, प्रतिस्पर्धालाई स्वस्थ राख्ने र अधिवेशनपछि पनि संगठनलाई एकताबद्ध राख्ने चुनौती उत्तिकै महत्वपूर्ण छ ।
कांग्रेसको १५औँ महाधिवेशनको घडी नजिकिँदै गर्दा बागलुङ कांग्रेसले पनि आफ्नो संगठनात्मक शक्ति परीक्षण गर्ने अवसर पाएको छ । केन्द्रको महाधिवेशनको बाटो अब बागलुङका ८५ वडा हुँदै अघि बढ्दैछ । अब कांग्रेसको महाधिवेशन काठमाडौंमा होइन, पहिले बागलुङका गाउँ–गाउँ र वडा–वडामा देखिनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

भर्खरै

बागलुङ कांग्रेस तयारीमा जुट्यो महाधिवेशनमा : ८५ वडामा नेतृत्व र प्रतिनिधि छनोटको

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki